डेंगु संक्रमणको त्रास आगामी कात्तिक महिनासम्म रहने जनस्वास्थ्य विज्ञहरू भनाई


लेखक : सुन्दराञ्चल      भदौ २५, २०८० मा प्रकाशित     
डेंगु संक्रमणको त्रास आगामी कात्तिक महिनासम्म रहने जनस्वास्थ्य विज्ञहरू भनाई

नेपालमा डेंगु संक्रमणको त्रास आगामी कात्तिक महिनासम्म रहने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । यद्यपि अब संक्रमित संख्या क्रमशः ओरालो लाग्दै जाने ईडीसीडी अन्तर्गत किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालको जिकिर छ ।७५ जिल्लामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित बनेको छ । हुम्ला र मुगु जिल्लामा डेंगु संक्रमण नदेखिएको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । सुनसरी जिल्लामा मात्रै गएको पुस महिना यता १४ हजार २२८ जनामा संक्रमण भएको छ । यस्तै, विगत १० दिनको अवधिमा २ हजार ५७० मा डेंगु संक्रमण पुष्टि भएको छ ।

ईडीसीडीबाट प्रकाशित तथ्याङ्क अनुसार सुनसरी जिल्लामा मात्रै भदौ १५ मा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १७ मा ३९८ संक्रमित भएका छन् भने १८ गते ३७५ मा संक्रमण भएको थियो । यस्तै, २० गते संक्रमितको संख्या बढेर ७२० पुगेको थियो २१ गते ३५१ र २२ गते ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap