रिलायन्सको नेतृत्व कसलाई सुम्पेलान् ? एसियाकै धनी अम्बानीले


लेखक : सुन्दराञ्चल      भदौ १९, २०८० मा प्रकाशित     
रिलायन्सको नेतृत्व कसलाई सुम्पेलान् ? एसियाकै धनी अम्बानीले

एजेन्सी । महिनौंदेखि कर्पोरेट उच्च घरानाको जीवनमा आधारित एम्मी विजेता सिरिज सक्केसनले संसारलाई मोहित पारेको छ । यता भारतमा अर्बौं डलरको भविष्य फैसला गर्ने कर्पोरेट उच्च घरानाको वास्तविक उत्तराधिकारी योजनाको समाचारमा छाइरहेको छ ।

रिलान्यस ग्रुपका मुकेश अम्बानीका तीन सन्तानले अब २२० अर्ब डलर बराबरको कम्पनी सम्हाल्ने भएका हुन् । जुम्ल्याहा ईशा र आकाश तथा अर्का छोरा अनन्तले ग्रुप सम्हाल्ने मुकेश अम्बानीले बताएका छन् । व्यापार हस्तान्तरणबारे अम्बानीले भनेका छन्, ‘अनुभवी नेतृत्व र नयाँ पुस्ताको जोशको संयोजनले रिलायन्सको उपलब्धिको पुस्तिकामा नयाँ अध्याय थप हुनेछ ।’

नयाँ उत्तराधिकारी घोषणा गरे पनि आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा मुकेश अम्बानीले गरेका छन् ।

रिलायन्स ग्रुपको व्यापार धिरूभाइ अम्बानीको तेस्रो पुस्तामा हस्तान्तरण भएको हो । भारतीय कर्पोरेट जगतमा यो निर्णय सबैभन्दा बढी प्रत्यासित थियो । रिलायन्स ग्रुप भारतमा विशाल व्यापार साम्राज्य फैलाएको व्यापारिक घराना हो । तेल, दुरसञ्चार, रसायन, प्रविधि, फेशनदेखि खाद्यान्नसम्म रिलायन्सको लगानी छ । यस व्यापारिक घरानाको भारतमा हजारौं पेट्रोल पम्पहरु छन् ।

रिलायन्स ग्रुपले हात हाल्ने हरेक क्षेत्र भारतमा आकर्षणको केन्द्र बनेको छ । त्यस समूहको नेतृत्वका लागि तयार भएर मुकेश अम्बानीका सन्तानले आफ्नो एक जिम्मेवारी पूरा गरेको चर्चा भइरहेको छ ।

रिलायन्स ग्रुपले साधारण र स्वास्थ्य बीमामा पनि हात हाल्ने तयारी गरेको छ । यस्तै उसले फाइभ–जीमा पनि हात हाल्ने बताएको छ । उसले नवीकरणीय ऊर्जामा लगानी बढाउँदै चिसो पेय पदार्थ क्याम्पा कोलाको विश्वव्यापीकरणको योजना अघि सारेको छ ।

 

नयाँ व्यापारको अवधारणा तय गर्दै आफ्ना सन्तानलाई त्यसको नेतृत्व सुम्पिनका लागि अम्बानी परिवारले वर्षौंदेखि नै तयारी गरेको परामर्शदाता सन्दिप नेरेल्कर बताउँछन् । ‘अम्बानीका सन्तान भएकै कारण तीन जना उत्तराधिकारीमा चयन भएका होइनन् । उनीहरुलाई यसका लागि वर्षौंदेखि तयार गरिएको थियो । हरेक सन्तानका लागि उनीहरुको दक्षता र क्षमता चिनेर जिम्मेवारी दिइएको छ,’ उनले भने ।

मुकेश अम्बानी तल्लो प्रोफाइलमा बस्न रूचाउने व्यक्ति भए पनि उनका सन्तानले निकै आलिसान जीवनयापन गरे । उनीहरु हबेलीमा हुर्किए । उनीहरु निजी विमानमा सयर गर्छन् ।

आफ्नो बुवा धिरुभाइको व्यापार सम्हाल्नका लागि मुकेशले स्ट्यान्डफोर्डको पढाइ छोडेर फर्किएका थिए । उनका सन्तानले भने यल र ब्राउन विश्वविद्यालय पढेर फर्किएका हुन् । कर्पोरेट कार्यक्रममा उनीहरु सामूहिक रुपमा उपस्थित हुन्छन् । अम्बानीका दुबै छोराले उच्च व्यापारिक घरानाका परिवारसँग वैवाहिक सम्बन्ध गाँसेका छन् । अम्बानी परिवार आलिसान जीवनशैलीका कारण धेरैको नजरमा परेका छन् । उनीहरुको वैवाहिक समारोहदेखि सम्पत्तिका कारण धेरैको नजर यस परिवारमा छ ।

भारतको मुम्बईस्थित मुकेश अम्बानीको अपार्टमेन्ट अगाडि सेक्युरिटी गार्डहरु ।

तर आफ्ना सन्तानले के गर्ने र के नगर्ने भन्ने सीमा राम्रैसँग पढाउँदै अम्बानीले व्यवहारमा उतारेको निरेल्कर बताउँछन् । उनी भन्छन्, ‘अम्बानीका सन्तान अभिभावकले सिकाएको सीमाको परिधिभित्रै जीवन बाँचिरहेका छन् ।’

छोरा–छोरीको संलग्नता

कलेज सकिएसँगै अम्बानीका छोरा आकाश दुरसञ्चार संस्था जियोमा  प्रवेश गरेका थिए । यस्तै उनले खेल व्यवसाय अन्तर्गत मुम्बइ इन्डियन्स पनि हेरिरहेका छन् । मेटासँगको सहकार्यमा सञ्चालन भइरहेको परियोजनामा पनि उनी संलग्न छन् ।

यता ईशाले रिलायन्सको ई–कमर्स सम्हाल्छिन् । उनले आलिसान अनुभवका सेवा बिक्री गर्छिन् । यस्तै उनले फेसनमा पनि हात हालेकी छन् । त्यसको ई–कमर्स मार्फत अन्तर्राष्ट्रिय आलिसान ब्रान्डसँग उनको सहकार्य छ । रिलायन्स ग्रुपको नयाँ पुस्ताको नेतृत्वमा इशा माथिल्लै तहमा छिन् ।

आकाश, अनन्त र ईशा अम्बानी

आफ्नी छोरीबारे मुकेशले भनेका छन्, ‘मेरी छोरी अलि उग्र स्वभावकी पनि छिन् । कतिपय अवस्थामा उनले मलाई आफ्नो व्यापारको क्षेत्रबारे पुनर्विचारका लागि पनि सुझाव दिन्छिन् । वातावरण असाध्यै प्रदूषित गराउने भएकाले रिलायन्सले प्लास्टिक उद्योगबाट हात झिक्नुपर्ने उनको मत छ ।’ ईशा आएसँगै रिलायन्सले आफ्नो लगानी रिटेल र फेशनमा व्यापक बढाएको छ ।

मुकेशका कान्छा छोरा अनन्त रिलान्यसको ऊर्जा व्यापारमा छन् । ऊर्जा अन्तर्गत रिलायन्सले नवीकरणीय उर्जा र सोलारको विकासमा ध्यान केन्द्रित गरेको छ । ब्राउन विश्वविद्यालयबाट अध्ययन सकेका अनन्तले रिलायन्स प्रतिष्ठान पनि सम्हाल्छन् ।

अम्बानी परिवारलाई नजिकबाट नियालीरहेका हिमान्सु राई भन्छन्, ‘समूह अन्तर्गतको सबै व्यापारको नेतृत्वका लागि उत्तराधिकारी चयन गरेर मुकेशले ठीक गरे । यसले पछि हुनसक्ने विवादलाई टारेको छ ।’

विगतमा आफ्नै दाजुभाइ बीचको झगडाबाट पाठ सिक्दै उनले बेलैमा उत्तराधिकारी चयन गरेको निर्लेकर बताउँछन् । ‘कोरानाकालपछि मानिसहरु एउटा विषयमा गम्भीर हुन थाले । उनीहरुलाई जुनसुकै बेला जस्तोसुकै विरामी हुनसक्ने अथवा ज्यान जान सक्ने त्रास वा चेतना कोरोनाकालमा देखापर्यो । त्यसैले मुकेश अम्बानीले आफ्ना सन्तानलाई बेलैमा उत्तराधिकारीका रुपमा तयार बनाउँदै लगे,’ उनले भने ।

रिलायन्सको साम्राज्यमा गौतम अडानीको चुनौती थपिएको समयमा रिलान्यसमा नयाँ नेतृत्व ल्याइएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा अडानी र अम्बानीको व्यवसायिक टक्कर छ । उत्तराधिकारी घोषणा गरेका मुकेशले आगामी पाँच वर्षसम्म रिलायन्सको अध्यक्ष र प्रबन्ध निर्देशक आफैं रहने घोषणा गर्नुको पछाडि एउटा कारण छ । त्यो केहो भने, उनी आफ्ना सन्तानले सामूहिक निर्णयबाट कम्पनीको छवीलाई अझै वृहत बनाउन चाहन्छन् ।

अम्बानीसँगै असाध्यै राम्रा र अनुभवी कर्मचारी छन् । ती कर्मचारीले भविष्यमा आउने संकट र सम्भावना दुबैबारे मुकेशका सन्ततीलाई जानकारी दिँदै योजना बनाउन सहयोग समेत गर्नेछन् ।

तर तत्कालका लागि आफूले दिएको जिम्मेवारी तीन सन्तानले कसरी सम्हाल्छन् भन्ने कुरा नै अम्बानीका लागि चासो र चिन्ताको विषय छ ।  ‘मुकेशको शेखपछि कसैले न कसैले रिलायन्स हाँक्नैपर्छ । त्यही योजना अन्तर्गत सही नेतृत्व पहिचानका लागि मुकेश लागिपरेका छन् । तत्कालै समूहकै नेतृत्व घोषणा गर्नका लागि उनी हतारोमा छैनन्,’ निर्लेकर भन्छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap