सिंहदरबार जलाइदिने भन्दै लेखेको स्टाटस मेयर बालेनले हटाए


लेखक : सुन्दराञ्चल      भदौ १८, २०८० मा प्रकाशित     
सिंहदरबार जलाइदिने भन्दै लेखेको स्टाटस मेयर बालेनले हटाए

भदौ १८ , शनिबार साँझ मेयर बालेन फेसबुकमा लेखेका थिए ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।‘

शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो ।मेयर वालेनको सामाजिक सञ्‍जालमा अभद्र र अराजक शैलीमा स्टाटस लेखेको भन्दै चौतर्फी आलोचना भएको थियो । अहिले उनले आफ्नो फेसबुकमा लेखेको स्टाटस हटाएका छन् । हिजो उनको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गाडी रोकिएको घटनाबारे प्रष्टीकरण दिएको थियो । तर, बालेनको स्टाटसबारे त्यसमा केही उल्लेख थिएन ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap