बुटवल १६ भदौ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताका विषयमा छिमेकीले चिन्ता गर्नुनपर्ने बताएका छन् ।
शनिबार रुपन्देहीमा आयोजित एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा उनले देशको स्वाभिमान र स्वाधीनता आफैं माथि उठाउने भन्दै छिमेकीले पिर गर्नुनपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘तपाईहरु आफ्नो देशलाई सम्मान गर्नुहुन्छ, हामी पनि हाम्रो देृशलाई सममान गर्छौं । तपाईहरु आफ्नो राष्ट्रिय स्वाभिमानमा गौरव र्गाुहुन्छ,। हामी झन् बढी गर्छौं । किनभने हाम्रा पुर्खाहरुले साम्राज्यवादसँग, उपनिवेशवादसँग लडेर यस देशको स्वाभिमान गुम्न नदिएर पराधीन हुन नदिएर स्वतन्त्र राखेका, नेपालीहरुले गर्व गर्नुपर्छ, नेपालको स्वाधीनता दिवश छैन ।’अनलाइनखबर