थापाले बुझाए प्रमाणपत्र,यूएनका आवासीय प्रतिनिधि लाई


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
थापाले बुझाए प्रमाणपत्र,यूएनका आवासीय प्रतिनिधि लाई

काठमाडौं  १६ भदौ,   संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपालका आवासीय प्रतिनिधि लोकबहादुर थापाले ओहोदाको प्रमाणपत्र बुझाउका छन् ।

न्यूयोर्कस्थित यूएनको कार्यालयमा महासचिव एनोनियो गुटेरेसलाई अवासीय प्रतिनिधि तथा राजदूत थापाले शुक्रबार ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई दुई साताअघि यूएनको आवासीय प्रतिनिधिमा नियुक्त गरेका थिए । परराष्ट्र सेवामा ३४ वर्षदेखि कार्यरत थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत रहिसकेका थिए ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा राजदूत थापाले महासचिव गुटेरेसबीच शिष्टाचार भेट समेत भएको गरेका थिए ।

यूएनका लागि नेपालको स्थायी नियोगका अनुसार भेटका अवसरमा महासचिव गुटेरेसले राजदूत थापालाई बधाई तथा स्वागत गरेका थिए । साथै, महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघमा नेपालले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap