प्रधानमन्त्रीलाई सुझाव चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने आग्रह


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
प्रधानमन्त्रीलाई सुझाव चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने आग्रह

भाद्र १६ ,प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको आलोचना भइरहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले हीनताबोध नगरीकन नेपालको धारणा प्रस्ट राख्नुपर्ने बताइन् । ‘नेपालले नक्सा जारी गर्‍यो र चीनलाई पनि जानकारी दियो । अहिले के भएर चीनले नेपालको पुरानै नक्सा जारी गरेको हो भनेर सोध्ने र नेपालको नयाँ नक्साबारेमा बुझाउनुपर्छ,’ उनले भनिन्, ‘नेपालसँग जोडिएको कुनै पनि रणनीतिक विषयमा निर्णय गर्दा नेपाललाई पनि सोधेर त्रिपक्षीय निर्णय गर्नुपर्ने कुरा बताउनुपर्छ ।’सन् २०१५ मा नेपाली भूमिका सम्बन्धमा भारत र चीन मिलेर निर्णय गरेको भन्दै उनले अब त्यस्तो नगर्न सजग गराउनुपर्ने बताइन् ।

दाहालले भारत भ्रमण गरेजस्तै चीन भ्रमण गर्न नहुने उनको भनाइ छ । भारत भ्रमणमा जाँदा नक्सा र ईपीजीको विषय उठाउँदा माहोल बिग्रन्छ भन्दै आएको उल्लेख गर्दै उनले चीन भ्रमणमा पनि त्यस्तो हीनताबोधपूर्ण काम नगर्न सुझाइन् । ‘चीनले यसरी नेपालको पुरानो नक्सा देखाउनुलाई हाम्रो कूटनीतिक कमजोरी मान्न सकिन्छ,’ उनले भनिन् ।

सत्तारूढ दल माओवादीका प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीन भ्रमणमा प्रधानमन्त्रीले नयाँको विषय उठाउने बताए । पेरिसडाँडामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भन्दै यसबारे प्रधानमन्त्री दाहालले कुरा राख्ने जानकारी गराए । ‘किन समेटिएन, त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको भन्ने छ,’ उनले भने । चुच्चे नक्साका विषयमा सरकार प्रस्ट हुनुपर्ने र जनतालाई पनि प्रस्ट पार्दै लैजानुपर्ने उनले बताए ।

प्रधानमन्त्री दाहाल असोज ५ देखि ९ सम्म चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ । चीनले भदौ ११ मा आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यले नेपालले चुच्चे नक्साको सम्बन्धमा सबैभन्दा पहिले बेइजिङमा रहेका नेपाली राजदूतलाई सक्रिय बनाउनुपर्ने र त्यसपछि यस सम्बन्धमा बुझ्नका लागि कूटनीतिक नोट पठाउनुपर्ने टिप्पणी गरे । प्रधानमन्त्री दाहालले चिनियाँ पक्षसँग नेपालको नयाँ नक्साका विषयमा बुझाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap