१४ भदौ ,कलाकार राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन हमालले गर्नेछन् । दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाखभन्दा बढी नगद पाउनेछन् ।