जनैपूर्णिमाको अवसमा बाजुराको नाटेश्वरी मन्दीरमा चहलपह


लेखक : सुन्दराञ्चल      भदौ १४, २०८० मा प्रकाशित     
जनैपूर्णिमाको अवसमा बाजुराको नाटेश्वरी मन्दीरमा चहलपह

महादेव गिरी संवाददाता

 धनगढी  भदौ १४, बाजुरा त्रिवेणी नगरपालिकामा रहेको नाटेश्वरी मन्दीरमा  जनैपूर्णिमा पर्वको अवसरमा मन्दीरमा  भक्तजनको चहलपहल बढेको छ । जिल्लाको त्रिवेणी नगरपालिकामा प्रर्ने नाटेश्वरी मन्दीरमा पुजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बडीमालिका बाट पाँच दिनको यात्रा बाट आएका भक्तजनहरु एक दिन सोही मन्दीरमा पाल टाँगेर बस्ने चलन रहेको छ ।   धार्मिकस्थल र प्रर्यटकीए स्थल भएकाले बिहानैदेखि भक्तजनको धुईचो लाग्ने गरिएको छ  ।

जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने  भएकाले  मन्दीरमा कालिका देवी ,दुर्गा देवी ,भगवती देवी लगायतका शक्तिपीठको पूजाआजा सहित आजकै दिन मन्दीरमा करिव २ सय बोकाहरुको बलि चडाईने गरिन्छ । मानिसको गर्ह शान्तिको लागि भाकल गरेका बोकाहरु आप्mनो मनोकाङ्क्षा पूराका लागि कालिका मन्दीरमा बोकाको बलि दिने चलन रहेको  छ । सोही

जनैपूर्णिमाको अवसरमा मन्दीरमा पुजाआजा गर्दा  मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले  पूजाआजा र भाकल गर्ने चलन रहेको  त्याहाँ बाट बिजय राज गिरीले सुन्दराञ्चल लाइ जानकारी दिए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap