खाल्डो छल्न खोज्दा अनियन्त्रित भई बस त्रिशूलीमा


लेखक : सुन्दराञ्चल      भदौ ६, २०८० मा प्रकाशित     
खाल्डो छल्न खोज्दा  अनियन्त्रित भई बस त्रिशूलीमा

 मलेखु ६ भदौ, । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ ।

प्रहरी उपरीक्षक गौतम भन्छन्, ‘कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।’

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा दुई जना महिलासहित आठ जनाको मृत्यु भएको छ । सत्र जना घाइते भएका छन् । एक जना बेपत्ता भएको आशङ्कामा खोजी कार्य जारी छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap