माछा राख्दा ध्यान दिनुपर्ने कुरा एक्वेरियममा


लेखक : सुन्दराञ्चल      भदौ ५, २०८० मा प्रकाशित     
माछा राख्दा ध्यान दिनुपर्ने कुरा एक्वेरियममा

भदौ ५ घर, कार्यालय, होटल-रेस्टुरेन्टमा एक्वेरियममा माछा पालेर आकर्षक देखाउने चलन निकै छ । एक्वेरिममा माछा पाल्नु सौख र सजावटको कुरा मात्र रहेन, अब यो आँखालाई शीतलता र मनोरञ्जन दिने माध्यमसमेत बन्न थालेको छ ।

एक्वेरियममा माछा पाल्ने इच्छा धेरैको भए पनि यसको तौरतरिका नमिल्दा फाइदाको सट्टा बेफाइदा भइरहेको हुन्छ । त्यसैले एक्वेरियममा माछा पाल्दा केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

पानीको छनोट

माछा पानीमा बस्ने भएकाले पहिलो कुरा त एक्वेरियममा कति र कस्तो पानी हाल्नेबारेमा थाहा पाउन जरुरी छ । माछा किनेर ल्याइसकेपछि तुरुन्तै सफा धाराको पानी वा जारको पानीमा माछा हाल्नु हुँदैन । एक हप्ताअघिबाट माछा राख्ने पानीलाई वातानुकूलित बनाउनुपर्छ । यसका लागि त्यस अवधिमा हिटर र फिल्टर चलाएर राख्नुपर्छ । यसले पानीमा गुड ब्याक्टेरियाको लागि वातानुकूलित हुन्छ ।

त्यसपछि बल्ल एक्वेरियममा माछा राख्नुपर्छ । किनकि पानीमा एमोनिया भन्ने तत्व हुन्छ, जसले माछालाई बिरामी बनाउन सक्छ । पानीमा हुने क्लोरिन हटाउन एन्टिक्लोरिन मेडिसिन चार लिटरमा एक थोपा हाल्न सकिन्छ । यसरी आवश्यकताअनुसार मापन मिलाएर मात्र माछालाई एक्वेरियममा हाल्नुपर्छ । जसले गर्दा माछा स्वस्थ र तन्दुरुस्त हुन्छ ।

तापक्रम

पानीको मात्रा मिलाएपछि सोही अनुसार तापक्रम पनि मिलाउनुपर्छ । तापक्रम नमिलेको खण्डमा माछा एक्वेरियमको पानीमा हाल्दा झट्का लागेर केही समयमा नै मर्न सक्ने वा डिप्रेसनमा पनि जान सक्छ ।  त्यसैले पसलबाट माछा किनेर ल्याइसकेपछि तुरुन्तै पानीमा हालिहाल्नु हुँदैन । त्यसैले माछालाई पानीमा हाल्नुअघि पानीको तापक्रम २५ देखि २८ डिग्री बनाउनुपर्छ यो अधिकांश माछालाई मिल्ने तापक्रम हो ।

माछालाई तुरुन्तै एक्वेरियममा राखिहाल्नु हुँदैन, त्यसअघि माछालाई प्लाष्टिकको पानीसहितको एक्वेरियममा १० देखि १५ मिनेटसम्म डुबाएर राख्नुपर्छ । त्यसपछि बल्ल माछालाई एक्वेरियमको पानीमा राख्नदा आवश्यक तापक्रम मिलेर माछा मर्ने जोखिम कम हुन्छ ।

यसका लागि गर्मीको दुई-तीन महिनाबाहेक अरुबेला चौबीसै घण्टा हिटर चलाइराख्नुपर्छ । पानीको मापन गर्ने किट बजारमा पाइन्छ ।

फिल्टर

माछा पाल्नुअघि फिल्टर पनि आवश्यक पर्छ । यसले पानीको अक्सिजन मात्रा मिलाउने गर्छ । यो चौबीसै घण्टा चलाइराख्नुपर्छ । माछा र एक्वेरियमअनुसार फिल्टरको साइज फरक-फरक हुन्छ ।

ढिके नु

एक्वेरियममा माछा राख्नुअघि पानीमा ढिके नुनको प्रयोग गर्न सकिन्छ । १२-१५ लिटर पानीमा एक चम्चा ढिके नुन धोलेर राख्नु उपयुक्त हुन्छ । यसले माछाको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यदि पानीमा नुनको मात्रा राख्न जानेको खण्डमा माछा बिरामी हुने जोखिम शून्य नै हुन्छ । तर आयोडिनयुक्त खाने नुन भने हाल्नु हुँदैन, यसले माछालाई नकारात्मक असर गर्छ ।

माछाको छनोट

एक्वेरियममा राखिने माछा आक्रामक र गैरआक्रामक गरी दुई प्रकारका हुन्छन् । आक्रामक प्रजातिको माछा भए आक्रामक प्रजातिकै र अर्को खालको भए सोही प्रजातिको माछा मात्र राख्नुपर्छ । दुवै प्रजातिका माछा एउटै एक्वेरियममा मिसाएर हाल्दा एकअर्कोबीच झगडा भएर माछा मर्ने सम्भवना बढी हुन्छ ।

खानेकुरा

माछालाई बिहान र बेलुका मात्रा मिलाएर खानेकुरा खुवाउन सकिन्छ । हप्ताको एकचोटि दिनभरि केही पनि नखुवाई राख्नुपर्छ । यसले उनीहरुको पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ । किनकि माछा मर्ने अर्को कारण धेरै खानेकुरा पनि हो । माछाले खाना धेरै भएको प्रतिक्रिया नजनाउने भएकाले जति खुवाए पनि खाइरहन्छन् । त्यसैले माछालाई ठिक्क मात्रामा मात्रै खानेकुरा खुवाउनुपर्छ ।

लाइ

एक्वेरियममा चौबीसै घण्टा लाइट बाल्नुहुँदैन । यसले पानी निलो हुने समस्या हुन्छ । त्यसैले दिनमा ६ देखि आठ घण्टा मात्र बाल्दा उपयुक्त हुन्छ ।

एक्वेरियमको सरसफा

माछा पाल्दा एक्वेरियमको सरसफाइमा पनि विशेष ख्याल राख्नुपर्छ । सबै पानी एकैचोटि फेर्नुहुँदैन । किनकि पूरै पानी फेरिदिंदा पानीमा भएको राम्रो ब्याक्टेरिया नष्ट हुन्छ । साथै माछालाई प्राकृतिक अनुभव गराउन ढुंगा, आर्टिफिसियल बोटविरुवा राखेर एक्वेरियमलाई सजाउन सकिन्छ ।

माछाको शरीरमा सेतो दाग देखिएमा अर्को ट्यांकमा सार्नुपर्छ । यसरी सार्दा अन्य स्वस्थ माछा बिरामी हुने जोखिम हुन्छ ।

मूल्य

एक्वेरियममा राख्नका लागि १०० रुपैयाँदेखि माछा पाइन्छन् । बजारमा दुई लाख ५० हजार रुपैयाँसम्मका माछा पाइन्छन् । नेपालमा प्राय: माछा थाइल्याण्ड र भारतबाट आयात हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap