नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ कार्य समितिले नेपाली कांग्रेस की केन्द्रीय सदस्य डा. देउवालाई सम्मान गरेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५मा बिकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्षेत्रिय कार्य समितिले सम्मान गरेको हो । उनलाई क्षेत्रीय सभापति भीम पडालले दोसल्ला सहित सम्मान पत्रका साथ सम्मान गरिएको हो ।
कैलाली निर्वाचन क्षेत्रमा डा ।आर्जुले महिला बालवालिकका क्षेत्रमा ,पोषण राहात ,तटबन्ध लगायतका क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएको छ ।
यस्तै राना समुदायबाट नेपालमै पहिलो बिद्याबारीधी गरेको भन्दै जीवन रानालाई समेत सम्मान गरिएको छ । राना पनि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । भर्खरै उहाँले बिद्याबारीधी सम्पन्न गर्नु भएको हो ।