किन यत्तिका दौडधूप गर्छन् मान्छे ? ,आखिर मान्छेले के चाहन्छ ?


लेखक : सुन्दराञ्चल      भदौ १, २०८० मा प्रकाशित     
किन यत्तिका दौडधूप गर्छन् मान्छे ? ,आखिर मान्छेले के चाहन्छ ?

 भदौ १ ,आखिर मान्छेले के चाहन्छ ? केका खातिर बाँच्छन् ? किन यत्तिका दौडधूप गर्छन् ? संभवत यसको एउटा लक्ष्य हुनसक्छ, पैसा ।

अर्थात मान्छे दिनरात पैसाको खोजीमा दौडन्छ । यो मान्छेको प्राथमिक आवश्य क्ता हुँदोरहेछ । जे–जसो गरेर भएपनि मान्छेले पैसा आर्जन गर्छन् । जब उसँग पैसा हुन्छ, तब अर्को आवश्यक्ता महसुष हुन थाल्छ । त्यो आवश्यक्ता हो, स्वास्थ्य ।

पैसा कमाउने चक्करमा मान्छे दिनरात यसरी घोटिएको हुन्छ कि उसले आफ्नो स्वास्थ्यको ख्याल नै राखेको हुँदैन । सुत्ने–उठ्ने, खाने–बस्ने तालिका गडबड भएको हुन्छ । योग, व्यायाम, ध्यान जस्ता विधि अपनाउने फुर्सद नै हुँदैन । आरमले खान पाउँदैनन् । मान्छेसँग पुग्दो धनदौलत त हुन्छ तर त्यसलाई भोग गर्ने शरीर भने कमजोर र शिथिल भइसकेको हुन्छ । त्यसैले मान्छेले पैसा कमाइसकेपछि बल्ल आफ्नो स्वास्थ्यप्रति हेक्का राख्न थाल्छन् ।

अनुशासित जीवनशैली, खानपानले मान्छेको स्वास्थ्य सुधार हुन्छ । स्वास्थ्य ठीक भएपछि फेरी मान्छेलाई तेस्रो आवश्यक्ता महसुष हुन थाल्छ, त्यो हो प्रतिष्ठा । मान्छेसँग धन छ, स्वास्थ्य ठीकठाक छ भने उसलाई प्रतिष्ठा, मान–सम्मानको भोक जाग्न थाल्छ ।

मान्छेलाई सामाजिक प्रतिष्ठा प्राप्त हुन्छ । के अब मान्छेले आफूलाई पूर्ण ठान्छन् ? सन्तुष्ट हुन्छन् ? पक्कै हुँदैनन् । किनभने यी सबैकुरा प्राप्त भइसकेपछि पनि मान्छेलाई चौथो आवश्यक्ता महसुष हुन्छ । त्यो आवश्यक्ता हो, आफ्नै जीवनको औचित्य ।

यो चरणमा पुगिसकेपछि मान्छेले आफैलाई बुझ्ने यत्न गर्छन् । म को हुँ ? यो रहस्य जान्न खोज्छन् । स्वयम्को उत्पति, उदेश्यबारे चासो राख्न थाल्छन् । आफ्नै जीवनको रहस्यबारे खोज, अध्ययन गरिसकेपछि मान्छे फेरी संसारतर्फ फर्कन्छ । उसले समाज, संसार र चराचर जगतको बारेमा सोच्न थाल्छ ।

आखिर मान्छे किन आफुलाई परिपूर्ण ठान्दैनन् ? किन एउटा आश्यक्ता पुरा भएपछि अर्को आवश्यक्ता देख्न थाल्छ । भनिन्छ, एउटा उचाईमा पुगेर हेर्दा अर्को क्षितिज देखिन्छ । मान्छे त्यो क्षितिजसम्म पुग्न चाहन्छ । जब त्यो क्षितिजमा पुग्छ, फेरी अर्को क्षितिज देखिन्छ । आकंक्षा र उदेश्य यसरी नै अग्लिदै र फैलिदै जाने हुन्छ । तब मान्छे एउटै कुरामा अडिएर बस्न सक्दैनन् ।

एउटा कुरा प्राप्त भएपछि फेरी अर्को कुराको चाह हुनुमा मान्छेको दोष छैन । यो त मान्छेको आफ्नो प्राकृतिक स्वभाव हो । तर, महत्वपूर्ण कुरा के छ भने एउटा चरणबाट अर्को चरणमा पुग्नका लागि ऊ पहिलो चरणमा सन्तुष्ट भएको हुनुपर्छ । यसलाई स्वभाविक र प्राकृतिक प्रक्रियाको रुपमा बुझ्न सकिन्छ ।

तर, कति मान्छे हुन्छ जो एउटै कुरामा जीवनभर मरिहत्ते गर्छन् । जस्तो कोही धनदौलत आर्जन गर्न चाहन्छन् भने बाँचुञ्जेल त्यसैको दौडधूपमा लाग्छन् । उसलाई कति धन भएपछि पुग्छ ? थाहा छैन । कति बैंक मौज्जात भएपछि पुग्छ ? थाहा छैन । कति घर–गाडी भएपछि पुग्छ ? थाहा छैन । उनीहरु आफ्नो जीवनको सम्पूर्ण उदेश्य नै पैसा कमाउने हो भनेर बुझ्छन् । यो असामान्य हो ।

त्यस्तै कोही स्वास्थ्यका लागि मात्र चासो दिइरहेका हुन्छन् । कस्तो खाने, के गर्ने, के नगर्ने आदिबारे सोचिरहन्छन् । त्यसभन्दा दायाँबायाँ केही सोच्दैनन् । स्वास्थ्यप्रति सजग हुनु राम्रो हो । तर, यो नै सबैथोक हो भनेर यसैमा मात्र तल्लिन हुनु राम्रो होइन ।

कति मान्छे भने मानप्रतिष्ठाको अधिक भोको हुन्छ र उसले जे-जसरी पनि त्यसैको प्राप्तिमा मात्र लागिरहन्छन् । जीवनमा मान, प्रतिष्ठा नै सबैथोक हो भनेर हत्ते गर्छन् । यो पनि असामान्य हो ।

एउटा चरणमा पुगेपछि मान्छे अर्को चरणमा उक्लन्छ, जसलाई प्राकृतिक मानिन्छ । यसको महत्वपूर्ण पक्ष के हो भने, मान्छे जति तह माथि उक्लदै जान्छ त्यती-त्यती जीवनको नजिक पुग्छ । जीवनको सारतत्व खोज्न, जीवनको बोध हुनथाल्छ । जीवन, जगत र प्राणीको अस्तित्वलाई महसुष गर्न थाल्छ ।

मान्छेले जब आफैलाई चिन्न सक्छ, तब उसले अरुलाई बुझ्न सक्छ । अरुको भावना, दुःख, सुख सबै बुझ्न सक्छ । जीवनको यो एउटा सर्वोत्तम चरण हो । किनभने यही चरणमा पुगेपछि मान्छे डर, भय, मोह, लोभ, आशक्ति, घृणाजस्तो विकारबाट मुक्त हुन्छन् । आफ्नो जीवनको मूल स्रोत पहिल्याउँछ र स्थायी आनन्द प्राप्त गर्छ । आफुलाई बुझ्छन्, जगतलाई बुझ्छन् । सार्थक जीवन बाँच्छन् ।

तर, दुःखको कुरा के छ भने अधिकांश मान्छे यो तहसम्म उक्लिन सक्दैनन् । उनीहरु कहिले धनको खोजीमा त कहिले प्रतिष्ठाको खोजीमा भौतारिन्छन् । अनि आफ्नै जीवनलाई बुझ्न नपाई यो लोकबाट विदा हुन्छन् ।

एउटा अहंम प्रश्न, के मान्छे धन, स्वास्थ जीवन र मान–प्रतिष्ठा आर्जन गरेपछि मात्र अर्को चरणमा उक्लिन्छन् । अर्थात यी सबैकुरा पुगिसरी भएपछि मात्र मान्छे आत्मिक चिन्तनमा लाग्छन् ?

कतिपयलाई आफ्नो दैनिकी गुजार्न पुग्ने धन पनि हुँदैन । कतिपय रोगी शरीर लिएर बाँचिरहेका हुन्छन् । कतिपयले मान–प्रतिष्ठा पाएकै हुँदैनन् । के यही स्थितीमा रहेर उनीहरु आत्मिक चिन्तनमा लाग्छन् ? जीवन र जगतको खोजमा लाग्छन् ?

संभवत कुनैपनि प्राप्तिले मात्र मान्छे अघाउँदैन । चाहे धन होस् वा प्रतिष्ठा । यी असीमित छन् र यसको कुनै अन्तिम विन्दु छैन । त्यसैले यस्ता आवश्यक्ता पुरा भएपछि मात्र मान्छे जीवनको सार्थकता पहिल्याउनतर्फ लाग्छ भन्ने हुँदैन सायद । किनभने प्राप्तिमा भन्दा त्यागमा मान्छेले जीवन सार भेट्न सक्छ । कुनैपनि स्तर वा चरणमा मान्छेले आफ्नो अस्तित्व बोध गर्न सक्छन् । चराचर जगतलाई बुझ्न सक्छन् । जीवनको सार भेट्न सक्छन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap