लगातारको बर्षाले भेरीको दुनै बजार जोखिममा


लेखक : सुन्दराञ्चल      साउन ३०, २०८० मा प्रकाशित     
लगातारको बर्षाले भेरीको  दुनै बजार जोखिममा

डोल्पा, साउन ३० , । लगातारको बर्षाले भेरी नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा परेको छ। सदरमुकाम दुनै बजारको बिच भएर बग्ने भेरी नदीमा पानीको बहाव बढेपछि सदरमुकामवासी चिन्तित भएका छन्। स्थानीय दिलमाया केसीले भन्नुभयो, “रातभर निद्रा पनि लाग्दैन, कतिखेर बजारमा भेरी पस्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।”

पूर्वी भागबाट पश्चिमतर्फ बगिरहेको भेरी नदीको स्वरूप हेर्दा पनि शरीर नै झसङ्ग हुने गरेको सञ्चारकर्मी लेखबहादुर बुढाले बताउनुभयो। भिरालो भएर बगिरहेको र भेरीको दुवैतर्फ दुनै बजार रहेकाले पनि जोखिम बढेको छ। भेरी नदीलाई नै अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएकाले सदरमुकाम दुनै थप जोखिममा छ। प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले दुई दिन भेरी नदीको बहाव उच्च रहेकाले पनि सर्वसाधारणमा त्रास बढ्नु स्वाभाविक भएको बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले सदरमुकामा भेरीको बहाव बढेको र विपत् जतिखेर पनि आइपर्ने भएकाले भेरीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।

नदी बढेपछि पुल निर्माण अवरुद्ध 

डोल्पाको त्रिवेणीमा निर्माणाधीन पक्की पुलको काम बाढीका कारण अवरुद्ध भएको छ। भेरी नदी र जगदुल्ला नदीको बहाव बढेपछि निर्माण कार्य अवरुद्ध भएको हो।

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले भेरी कोरिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न क्याराभान कन्स्ट्रक्सनलाई टेन्डरमार्फत कामको जिम्मा दिएको थियो।

डोल्पा–जाजरकोट र रुकुमपश्चिमको त्रिसाँध डोल्पाको त्रिवेणीमा २०७७ सालमा निर्माण कार्य सुरु गर्ने गरी क्याराभानले कामको जिम्मा पाएको थियो तर क्याराभान कन्स्ट्रक्सनले अढाइ वर्षसम्म पनि निर्माण कार्य सुरु नै नगरी अलपत्र छाडेपछि स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap