नक्कली सूचना, हजार बढीले दिए परीक्षा ? सुदूरपश्चिम लोकसेवामा


लेखक : सुन्दराञ्चल      साउन २१, २०८० मा प्रकाशित     
नक्कली सूचना, हजार बढीले दिए परीक्षा ? सुदूरपश्चिम लोकसेवामा

धनगढी  २१ साउन  ,सुदूरपश्चिम लोकसेवा आयोगमा नाममा नक्कली सूचना आएपछि परीक्षार्थीहरु भ्रमित भएका छन्। उनीहरुले कैलालीमा भएको नक्कली परीक्षासमेत दिएको वाहिर आएको छ।

उनीहरुमध्ये एक पीडितले गोदावरी नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएको बताएका छन्। बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरेका थिए।

लिखित परीक्षा दिनका लागि उहाँ जेठ महिनाको अन्तिमतिर धनगढी पुगेका थिए। धनगढी पुगेर तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो। डाँगीमार्फत उनले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू नष्ट भएकाले परीक्षा रद्द गरिएको र पुनः दरखास्त दिनुपर्ने भन्दै जानकारी पाए।

घर फर्केपछि सुरेन्द्र डाँगीकै सल्लाहअनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपियाँ तिरेर सब इन्जिनियर पदका लागि उनले अनलाइन फाराम भरे। फाराम भरे पश्चात् डाँगीकै कुराअनुसार उनले साउन ७ गते कैलालीको जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिए। साउन १८ गते उनलाई सुरेन्द्र डाँगीको नामबाट पास भएको भन्दै इमेल आएको थियो। प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं. १०४, मिति २०८०–४–७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित ५ जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ। तर, त्यो सूचना नक्कली थियो।

यो कुराको पर्दाफास तब भयो जब उनकि दिदिले लोक सेवाको वेबसाइट हेरिन्। आयोगले मिति २०८०–३–१२ गते सूचना नं. १०४-२०७९–८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनेको थियो। मनिषका अनुसार गेटामा भएको परीक्षामा हजार भन्दा पढी सहभागी थिए। पीडित शर्माको फोन नम्बर र फेसबुक एकाउन्ट शनिवार बिहानदेखि ह्याक गरिएको छ।

सुरेन्द्र डाँगी नामका व्यक्तिले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट मिति २०८०-०२-०५ गते सूचना नं. ३१४ को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनालाई एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।

उक्त सूचनामा ब.क्र.नं. ३, रोल नम्बर ४१० मा सफल उम्मेदवारमा अमृत चौधरीको नाम उल्लेख छ। डाँगीले अमृत चौधरीको नाम हटाएर एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ। उनले त्यस्तो किन गरे भनेर खुलेको छैन। यस विषयमा आयोगले आधिकारिक धारणा राखेको छैन।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap