धनगढी साउन २१, कैलालीमा रहेका मुक्त कमैयाका समस्या समाधान हुने गरि काम अघि बढाउन सरकारलाई दबाब दिने गरी धनगढीमा सन्चार प्रतिष्ठान नेपालले एक दिने कार्यक्रम गरेको हो । धनगढीमा सन्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजना तथा संसद सहयोग परियोजनाको समन्वय र सहकार्यमा मुक्त कमैयाका सवाल र सामाजिक विकास समितिको निगरानी विषयक अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै समितिका सदस्यहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा रहेको सामाजिक विकास समितिले प्रतिवद्धता व्यक्त गर्दै।समितिका सदस्य तथा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले प्रदेश सभाबाट मुक्त कमैया, कम्लहरी, हलिया लगायतका समस्या समाधान हुने गरि नीति, नियम बनाई कार्यान्वयन गर्न दबाब दिइने बताए ।
‘मुक्त कमैया मुक्ति भएको २३ वर्षसम्म पनि पूर्ण रुपमा पुर्नस्थापना हुन नसक्नु दुखद हो । वर्तमान प्रदेश संसद यो विषयमा सजग छ । नीति, नियम बनाएर अब यो समस्या पुनः दोहोर्याउन नदिने गरि काम गर्छौ ।’ उनले भने मुक्त कमैया अझै पुर्नस्थापना हुन नसक्नुमा सरकारकै कमजोरी रहेको उनले बताए ।
नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले मुक्त कमैयाका समस्यालाई निष्कर्षमा नपुगाउन सक्दै सबैलाई लज्जास्पद बनाएको बताए । ‘पुर्नस्थापनासंगै मुक्त कमैयालाई आधारभुत अधिकारको पनि प्रयोग गर्न पाएका छैनन् । यससम्बन्धि कार्यान्वयन गर्ने निकाय अलमलमा रहेको देखिन्छ । जुन विषयमा छलफल भइरहेको छ । यस्तो छलफल अर्को वर्ष गर्न नमिल्ने गरि हामीले काम गर्ने छौं ।’ उनले भने
उनका अनुसार कैलालीमा अहिलेसम्म भुमिहिन दलित आठ हजार नौ सय ७३, भुमिहिन सुकुम्वासी ११ हजार एक सय २३ र अव्यवस्थित बसोबासका एक लाख ३० हजार सात सय एक घरपरिवार रहेका छन् । उनले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयाका समस्यालाई समाधान गर्नतर्फ आयोगले काम गरिरहेको बताए ।
कार्यक्रममा सहभागि मुक्त कमैया परिवारहरुले बसोबास गर्दै आएको ठाउँमा सरकारी संरचना बन्ने, वनभित्र, नदीको छेउछाउमा बसोबास गराउने लगायतका समस्याले कमैयाहरुले समस्या झेल्नुपरिरहेको बताएका छन् । उनीहरुले बसोबास गरिरहेको ठाउँमा जग्गाको व्यवस्थापन गर्नुपर्ने, मुक्त कमैयालाई जिविकोपार्जनका लागि रोजगारीको व्यवस्था, निशूल्क शिक्षा तथा स्वास्थ्यको व्यवस्था गरिनुपर्ने माग गरे ।
मुक्त कमैया मञ्चका इन्द्र चौधरीले मुक्त कमैयाको अवस्था, समस्या, समाधान लगायतका बारेमा प्रस्तुतिकरण गरेका थिए। कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।