विदेश जाने र व्यवस्थापन पढ्ने विद्यार्थी संख्या धेरै,


लेखक : सुन्दराञ्चल      साउन २, २०८० मा प्रकाशित     
विदेश जाने र व्यवस्थापन पढ्ने विद्यार्थी संख्या धेरै,

 साउन, २काठमाडौं  , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाको अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा धेरै व्यवस्थापन पढ्न विद्यार्थी विदेश गएका छन् ।

शाखाको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ७३४ जनाले व्यवस्थापन अध्ययनको लागि एनओसी लिएका छन् भने तीन हजार ९१६ जनाको आवेदन रद्द भएको छ । दोस्रो नम्बरमा जापानीज भाषा पढ्न जानको लागि २१ हजार १३१ जनाले एनओसी लिएका छन् ।

त्यस्तैगरी बिज्नेस पढ्न जानको लागि १२ हजार ८८३ जनाले, सूचना प्रविधि पढ्न जानको लागि नौ हजार ४६८, स्वास्थ्य पढ्न जानको लागि पाँच हजार ३६२ जनाले, हस्पिटालिटी पढ्न जानको लागि चार हजार १५७ जनाले, इन्जिनियरिङ पढ्न जानको लागि चार हजार एक सय जनाले, विज्ञान पढ्न जानको लागि तीन हजार ९२३ जनाले, कम्प्युटर साइन्स पढ्न जानको लागि दुई हजार ७३४ जनाले एनओसी लिएका छन् ।

शाखाको अनुसार विभिन्न ५७ वटा शैक्षिक कार्यक्रमको लागि एक लाख ८ हजार ७३० जनाले एनओसी लिएका छन् । त्यसबाहेक होटल इन्टर्नसीप, प्रवेश परीक्षा (मेडिकल परीक्षाको लागि गरिने) तथा पि्रप्याराटोरी कोर्षहरु जस्तै टि-कोर्ष, एम-कोर्ष, जी-कोर्ष, डब्लु-कोर्ष -कतिपय देशहरुमा कुनै डिग्रीको लागि अफर लेटर पाउनुपूर्व गर्नुपर्ने कोर्षहरु) लगायतको लागि एक लाख १० हजार २१७ जनाले एनओसी लिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap