महादेव गिरी संवाददाता
बाजुरा असार २२, कुनै बेला नरसिहँ आधारभुत बिद्यालयकी छात्रा भएर लेखपढ गरेकी एक छात्रा,पढीलेखी त्यही बिद्यालयकी शिक्षीका बन्न पुगिन् । बाजुरा जिल्लाको पहिलो बिद्यालय नरसिंह आधारभुत बिद्यालयमा अध्ययन गरेकी बाजुराकी दुर्गा देवी गिरी सिर्माल शिक्षीका बनेर अहिले उत्कृष्ठ शिक्षिकाको रुपमा सम्मानीत भएकी छिन् ।
उनी सम्मानित हुने अवसर उनले समाजमा शिक्षा क्षेत्रमा पुराएको अतुलनिय योगदान नै हो । भौगोलिक रुपमा बाजुरालाई बिकट क्षेत्र जस्तो मानिएपनी समाजमा शिक्षा, चेतना र योगदान बिस्तार गर्ने कुरामा उनले आफुलाई कहिले कमजोर बनाउन चाहिनन्।
आफूसहित समाजमा शिक्षाबाट केही परिवर्तन गर्नुपर्छ भन्ने उदेश्यले निरन्तर लागिरहिन् । उप्त नरसिंह आधारभुत बिद्यालयमा उनले करिब ४० बर्ष लामो समय सम्म शिक्षण पेशा गरिएकी दुर्गा देवी गिरी सिर्माललाई शिक्षण पेशामा अग्रणी भुमिका खेलको भन्दै बाजुरा त्रिवेणी नगरपालिकाले एक कार्यक्रम गरी सम्मान गरेको हो ।
दुर्गा देवी गिरी सिर्माल लाई बाजुराको त्रिबेणि नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाबाट शिक्षामा योगदान आधारित नगरको उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो । बाजुरा जिल्लाको पहिलो बिद्यालय नरसिंह आधारभुत बिद्यालय २०१४ सालमा नरसहिँ गिरीले स्थापना गरेको बिद्यालय हो । बाजुराको शैक्षिक हिसावले पहिलो बिद्यालय भन्दा नरसहिँ आधारभुत बिद्यालय पर्छ ।
दुर्गा देवी गिरी सिर्मालले आफ्नो जिवन कालमा शिक्षण पेषामा अतुलनिय भुमीका खेलिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । आफ्नो समाजको शिक्षा क्षेत्रमा अतुलनिय योगदान दिएकी शिक्षिका दुर्गा देवी गिरी सिर्माललाई सम्मान गरिएपछि उनले खुसी ब्यक्त गरेकी छिन् ।