पितृ शोकमा रहेका कैलाली लम्की शाखाका निवर्तमान अध्यक्ष देवानन्द न्यौपानेलाइ महासंघको सहयोग ,


लेखक : सुन्दराञ्चल      असार १३, २०८० मा प्रकाशित     
पितृ शोकमा रहेका कैलाली लम्की शाखाका निवर्तमान अध्यक्ष देवानन्द न्यौपानेलाइ  महासंघको सहयोग ,

धनगढी असार १३ , पितृ शोकमा रहेका कैलालीका लम्की शाखा कैलालीका निवर्तमान अध्यक्ष देवानन्द न्यौपानेलाइ नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमाल जोशी र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एंव पत्रकार महासंघ कैलालीका सल्लाहाकार जगत साउदले सहयो प्रदान गरिएको छ ।
कैलाली लम्कीचुहा नगरपालिका ३ स्थित पत्रकार न्यौपानेको घर पुगेर (भिटामानु) स्वरुप १५ हजार ५५ रुपैया प्रदान गरेका हुन् ।
पितृ शोकमा रहेका पत्रकार न्यौपानेलाई पत्रकार महासंघका तर्फबाट अध्यक्ष जोशीले १० हजार र सल्लाहाकार साउदले ५ हजार ५५ रुपैया प्रदान गर्नु भएको महासंघ कैलाली सदस्य एंव नेपाल प्रेस युनियन कैलालीका कोषाध्यक्ष सुनिल आउजीले जानकारी दिए । त्यस क्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर, पत्रकार महासंघका पूर्व क्षेत्रिय संयोजक प्रकाशविक्रम शाह, पत्रकार महासंघ कैलालीका पूर्व सचिव मीन ठकुरी, महासघका कोषाध्यक्ष लक्ष्मी जोशी, सदस्य सुनिल आउजीले परिवारजनमा समवेदना प्रकट गरेका थिए ।
सामुदायिक रेडियो पश्चिम आवाज र राससमा कार्यरत न्यौपानेका पिता जगन्नाथ न्यौपानेको ८२ बर्षको उमेरमा यहि जेठ ८ गते निधन भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap