,सरकारले संशोधन विना बजेट पास गर्ने तयारी ?


लेखक : सुन्दराञ्चल      असार १३, २०८० मा प्रकाशित     
,सरकारले संशोधन विना बजेट पास गर्ने तयारी  ?

असार १३  ,सरकारले संशोधन विना बजेट पास गर्ने तयारी गरेको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकले बजेट पास गर्ने सम्भावित कार्यसूची छ ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत भएपछि बजेट पास गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्ता साझेदार दलकै नेताहरुले बजेट विभेदकारी भएको भन्दै संशोधनको माग गरेका थिए । तर अहिले बजेट संशोधन गर्न सम्भव नभएको भन्दै बजेट पास गर्ने तयारी छ ।

एकीकृत समाजवादीका शीर्ष नेताहरुले नै बजेट संशोधन नभए पारित गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । तर सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा छ । सो पार्टीका अर्का नेता मेटमणि चौधरीले पनि बजेटको पक्षमा मतदान गर्ने बताएका छन् ।

यसअघि कांग्रेस, माओवादी लगायत दलले बजेटको पक्षमा मत दिन ह्वीप जारी गरिसकेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap