सुदूरपश्चिम प्रदेश सरकारले आज अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्दै,


लेखक : सुन्दराञ्चल      असार १, २०८० मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश सरकारले आज अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्दै,

धनगढी असार १ आज सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गर्दै छ। प्रदेश सरकारले शुक्रवार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रस्तुत गर्ने भएको हो।
अपरान्ह ४ बजे आर्थिक मामिलामन्त्री नरेश शाहीले ३२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने भएका हुन्। प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा ३२ निर्वाचन क्षेत्रका सांसदलाई तीन÷तीन करोडका दरले बजेट विनियोजन गर्ने भएको छ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम स्थगित गरेको थियो। तर, संघले नाम हेरफेर गरेर कार्यक्रम ब्युँताएपछि प्रदेश सरकार पनि त्यही बाटोमा लाग्ने तयारी गरिरहेको छ। सुदूरपश्चिममा प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र छन्। कार्यक्रम ब्युँताउँदा सांसदमार्फत ९६ करोड खर्च हुनेछ

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap