चेतन अयडीको हत्याः प्रकरणका मुख्य आरोपी पक्राउ


लेखक : सुन्दराञ्चल      असार १, २०८० मा प्रकाशित     
चेतन अयडीको हत्याः प्रकरणका मुख्य आरोपी पक्राउ

धनगढी असार १, गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको मतदानका क्रममा हत्या गरिएका बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतनदिप अयडीको हत्याका मुख्य अभियुक्त रनसिंह अयडी बिहीबार धनगढीको एक घरमा पक्राउ परेका छन्।

चेतनको हत्या भएको करिव छ महिना पछि हत्यारा पक्राउ परेका हुन्। उनी नेपाली काँग्रेसका स्थानीय नेता हुन्। उनलाई बिहीबार नेपाल प्रहरी र अनेरास्ववियुको टोलीले धनगढीको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिनिधिसभाको मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर चेतन अयडीलाई कांग्रेसका कार्यकताले कुटपिट गर्दा मृत्यु भएको थियो।
चेतन नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत थिए।
सोहि घटनामा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीको गोली लागेर नेपाली कांग्रेसका स्थानीय नेता २५ वर्षीय सन्दीप अयडीको पनि मृत्यु भएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap