धनगढी जेष्ठ ३२, धनगढी उपमहानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै अत्याधिक गर्मी हुनथालेपछि धनगढी उपमहानगरपालिकाले थप दुई दिन बिदा दिएको हो।
यस अघि उपमहानगरपालिकाले जेठ २७ गते देखि ३० गते सम्मका लागि बिदा दिएको थियो।
मौसममा सुधार नआएपछि वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी जेठ ३२ गते र असार १ गते विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्नेगरी बन्द गर्न समेत पालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ।