बुधबार, ३१ जेठ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे ।