कस्तो रहला त आजको मौसम,


लेखक : सुन्दराञ्चल      जेष्ठ २८, २०८० मा प्रकाशित     
कस्तो रहला त आजको मौसम,

जेठ २८,आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाडौंसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए ।

मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताए । उनका अनुसार अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । यसकै प्रभावका कारण काठमाडौंसहित पहाडी क्षेत्रमा चिसो हावा चल्न सुरु भएको छ । जलवाष्पयुक्त हावाको केही प्रभाव तराईका जिल्लामा पनि पर्ने मौसमविद् कँडेलले बताए ।

तराईका जिल्लामा एकै पटक धेरै तापक्रम नघटे पनि केही घट्ने र अलिकति भए पनि राहत मिल्ने उनको भनाइ छ । एक हप्ताभन्दा लामो समयदेखि तराईमा लगातार तापक्रम बढिरहेको छ भने तातो हावा लू चलिरहेको छ । अत्यधिक गर्मीका कारण तराईका धेरैजसो विद्यालय बन्द छन् । अब भने बिस्तारै राहत मिल्ने अनुमान छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap