,गर्मीको बेला जस्तापाताको छानोले झन् बढी प्रभावित हुने भन्दै जस्तापाताको छानो हटाएर आग्रह, सांसद तेजुलाल चौधरी,


लेखक : सुन्दराञ्चल      जेष्ठ २५, २०८० मा प्रकाशित     
,गर्मीको बेला जस्तापाताको छानोले  झन् बढी प्रभावित हुने भन्दै जस्तापाताको छानो हटाएर आग्रह,  सांसद तेजुलाल चौधरी,

२५ जेठ, काठमाडौं । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् ।

गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित हुने भन्दै उनले जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भने, ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको छाना छ । त्यो जस्तापाताको सट्टा ढलान गर्न जोडदार माग गर्दछु ।’

चौधरीले जस्तापाताको छानो हुन्जेलसम्म पंखा र बिजुलीको व्यवस्था गरिदिन पनि सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनरत नेपाल कर्मचारी परिषदका माग सम्बोधन गर्न पनि माग गरे ।

शून्य समयमा बोल्ने सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेशनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरे ।

यसैगरी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरिन् । नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरु बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरु सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको भन्दै उनले ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap