श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेजले रोबोटिक सर्जरी,सुरु गर्ने


लेखक : सुन्दराञ्चल      जेष्ठ २१, २०८० मा प्रकाशित     
श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेजले  रोबोटिक सर्जरी,सुरु गर्ने

भारतको बरेली भोजीपुरा मा रहेको श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेजले  बिरामीहरूको निशुल्क उपचार गर्ने भएको छ। अस्पतालले जेठ ३२ देखि एकमहिना सम्म अस्पतालमै निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नेपालका बिरामीहरुको शल्यक्रियासहितको उपचार गर्ने बताएको हो।

 

अस्पतालका  म्यानेजर  डाक्टर आइए खानले जेठ ३२ देखि एक महिना सम्म नेपाली बिरामीको उपचार गर्न निस्शुल्क स्वास्थ्य शिविर लाग्ने बताएका हुन्। नेपालको सुदूरपश्चिम प्रदेशबाट जाने बिरामीले अन्य समयमा पनि विशेष छुट पाउने गरेको भए पनि स्वास्थ्य शिविरमा भने हार्निया, एपेन्डिक्स, पत्थरी, पाइल्स जस्ता रोगको निस्शुल्क शल्यक्रिया गरिने डाक्टर खानले बताए।

डाक्टर आइए खानले जेठ ३२ देखि  एक महिना  बिरामीको उपचार गर्न निस्शुल्क स्वास्थ्य शिविर लाग्ने बताएका हुन्। नेपालको सुदूरपश्चिम प्रदेशबाट जाने बिरामीले अन्य समयमा पनि विशेष छुट पाउने गरेको भए पनि स्वास्थ्य शिविरमा भने हार्निया, एपेन्डिक्स, पत्थरी, पाइल्स जस्ता रोगको निस्शुल्क शल्यक्रिया गरिने डाक्टर खानले बताए।

एक हजार शैय्याको अस्पताल श्री राम मुर्ती स्मारक अस्पताल ट्रष्टद्वारा सञ्चालित मेडिकल कलेज हो। मेडिकल कलेजमा १ हजार शय्या छन् भने ११ वटा विभाग छन्। अस्पतालमा १३० जना विशेषज्ञ चिकित्सक छन् भने ६५० चिकित्सकले सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।

अस्पताल व्यवस्थापनका अनुसार सन् २००२ मा स्थापना भएको मेडिकल कलेजमा दैनिक १५ हजार बिरामी आउने गरेका छन्। विशेषज्ञ चिकित्सकको पढाई हुने श्री राम मुर्ति मेडिकल कलेजमा एकै छानामुनि अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छ।

विपन्न बिरामीको निस्शुल्क उपचार

श्री राम मुर्ती स्मारक अस्पतालले विपन्न बिरामीको निस्शुल्क उपचार गर्दै आएको बताएको छ। ूसुदूरपश्चिमबाट जाने गरिव परिवारका बिरामीलाई निस्शुल्क उपचार गर्ने गरेका छौँ,ू उनले भने, ू अन्य विरामीलाई पनि अवस्था हेरेर उपचारमा छुट दिने गरेका छौँ। बिरामी कुरुवालाई खाने र बस्ने प्रवन्ध पनि अस्पताल भित्र नै व्यवस्था गरेका छौँ।ू नेपालीहरु समस्यामा नपरुन् भनेर नेपाली काउन्टर नै राखेका छौ । यहाँबाट जाने सबै नेपाली विरामिलाई उपचारदेखि अन्य सम्पुर्ण सहयोग उनैले गर्छन् । हाल दैनी सय सम्म विरामिहरु दैनीक राम मुर्तिमा आउने गरेकाछन् । उनीहरुलाई कुनै समस्या नहोस भनेर घरपरिवार संग नेपालमा फोन गर्न निशुल्क कल सेन्टर समेत राखेको खानले बताए ।

अत्याधुनिक उपचार सेवा गदै आएको अस्पतालका मार्केटिङ मेनेजर विनित बर्माले बताए। उनले सस्तो, भरपर्दो र अत्याधुनिक उपचारका लागि बिरामीको रोजाइमा श्री राम मुर्ती अस्पताल पर्न थालेको बताए। ूहाम्रो अस्पतालमा सम्पूर्ण उच्चस्तरीय उपचार सेवा उपलब्ध छ,ू ूनेपालको सुदूरपश्चिमबाट जाने बिरामीहरूका लागि अस्पतालले विषेश सहुलियत दिने नीति लिएको छ। ओपोडी टिकट केवल ३० रुपैयाँ छ भने अन्य उपचार पनि सस्तो छ।ू

बर्माले मुटु, क्यान्सर, मृगौलाको स्तरीय र अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको बताएका छन्। अस्पतालमा रोबोटिक सर्जरी, मृगौला प्रत्यारोपण र अत्याधुनिक एमआरआई र सिटिस्क्यान मसिन रहेको बताए।

 

नेपाली बिरामीको सहज आवागमनका लागि सशस्त्र प्रहरी बल र भारतीय सिमा सुरक्षाब बलसँग समन्वय गरेर बिरामी सिमामा पुग्ने बित्तिकै नाका खोल्न आग्रह गरिएको र दुबै पक्षबाट सकारात्मक जबाफ आएको माकेटिङ मेनेजर कर्माले बताए । यस्तै मेजर खान ,वर्मा , र नितीन रिस्तोगिले सुपप्रदेशका मुख्य मन्त्री कमल शाह संग समेत भेट गरि मेडिकल कलेज भ्रमणको निम्तो दिएका थिए ।

 

सुदूरपश्चिमका बिरामीलाई सबैभन्दा छोटो तीन घण्टाको दुरीमा बरेली पर्ने भएकाले यहाँका अस्पतालबाट रेफर हुने बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुग्न सिमा सुरक्षा अधिकारीसँग समन्वय गरेर नेपालको सशस्त्र प्रहरी बललाई अत्याधुनिक एम्बुलेन्स प्रदान गर्ने प्रस्ताव गरिएको डाक्टर खानले बताएका छन्। एम्बुलेन्स प्रदान गर्न सकिए थप उपचार लिन सहजै अस्पतालसम्म पुग्न सहज हुने विश्वास गरिएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap