धनगढीमा रहेको सिद्धनाथका माध्यामिक विद्यार्थीले गरे एकआपसमा मनका कुरा ?


लेखक : सुन्दराञ्चल      जेष्ठ १८, २०८० मा प्रकाशित     
धनगढीमा रहेको सिद्धनाथका माध्यामिक विद्यार्थीले गरे एकआपसमा मनका कुरा ?

महादेव गिरी संवाददाता  धनगढी जेष्ठ १८, धनगढीमा रहेको श्री सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ११ मा अध्यनरत गिता विकले पहिलो पटक मनोसामाजिक समस्याको बारेमा थाहा पाएको बताईन् । लैंगिक हिंसाका कारणले पनि मनोसामाजिक समस्या हुन्छ भन्ने आफूले थाहा पाएको उनले बताईन् ।

एकआपसमा यसरी पहिलो पटक हामीहरुले विद्यालयमा मनका कुरा गर्न पाउँदा खुसी लागेको छ , समाजमा मन सम्बन्धी समस्या धेरैले भोगी रहेकाछन् । मनकै समस्याका कारण समाजमा आत्महत्याका घटना पनि घट्ने रहेछ भन्ने थाहा भएको छ । मनोसामाजिक समस्या र लैंगिक हिसाको बारेमा समुदायमा पनि अभिमुखिकरण कार्यक्रम गर्न आवश्यक रहेको भन्दै उनले स्थानीय सरकार संग कार्यक्रम संचालन गर्न अनुरोध समेत गरिन् ।

कक्षा ९ मा अध्यनरत सुनिता उपाध्यायले आफ्ना मनका कुरा भन्न पाउदा र साथीहरुका पनि मनका कुरा सुन्न पाउँदा खुसी लागेको बताईन् । तनावको व्यवस्थापन गर्नको लागि पनि खुलेर मनको कुरा भन्नुपर्ने सिकाई भएको छ । No description available.

कक्षा १० मा अध्यनरत रुपेश सिंहले कार्यक्रम धेरै राम्रो र प्रेरणादायी लागेको बताए । मनोसामाजिक समस्या भयो भने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा थाहा पाएको भन्दै यस्तो कार्यक्रम सबैलाई जरुरी भएको उनले बताए । कहिल्यै यसरी एकआपमा मनका कुरा गरेका थिएनौं । मनका कुरा भन्न पाउँदा मन शान्त र खुसी भएको छ ।

जेष्ठ १७ गते सिद्धनाथ माध्यामिक विद्यालयमा भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो । कक्षा ८ का विद्यार्थी संग अलगै र कक्षा ९ देखि ११ कक्षा सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अलगै गरेको छलफल कार्यक्रममा करिब डेढसय विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवातीमा वडा नम्बर १२ का वडा अध्यक्ष शेर बहादुर महराले विद्यालयमा विद्यार्थी संग कार्यक्रम गर्नुको महत्व बारे बताएका थिए । समाजमा मनोसामाजिक समस्या र लैंगिक हिंसाको समस्या बढ्दै गएकोले यसको रोकथामको लागि विद्यार्थीको भूमिका प्रभावकारी हुने अपेक्षाले कार्यक्रम गर्न खोजिएको महराले बताए । No description available.

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोग आइपास नेपाल, भिएसओ, पिसविन नेपाल र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन भईरहेको छ । सोही परियोजना अन्र्तगत समुदायमा अभिमुखिकारण कार्यक्रम महिला शाखाको समन्वय र अगुवाईमा निरन्तर रुपमा संचालन हुदै आएकाछन् ।
धनगढी उपमहानगपालिका महिला विकास शाखामा कार्यरत महिला विकास अधिकृत पंकजा जोशीले बाल विवाह, जातीय छुवाछूत, हानिकारक सामाजिक अभ्यास लैंगिकमैत्री व्यवहार र लैगिक हिंसा निवारणको बारेमा विद्यार्थी संग छलफल गरेकी थिईन् । खुलेर विद्यार्थीले छलफल गरेको देख्दा आफूलाई खुसी लागेको भन्दै विद्यार्थी मार्फत घरपरिवार र समाजमा छिटो सुचना पुग्ने जोशीले बताईन् । No description available.

विद्यार्थी संग मनोसााजिक परामर्शकर्ता धनराज विकले मनका विषयमा छलफल गरेका थिए । मनोसामाजिक समस्या भनेको के हो रु मनोसामाजिक समस्याका कारणहरु, मनोसामाजिक समस्याका लक्षण तथा असरहरु, पीडा व्यक्तगर्ने तरिकाहरु, आत्महत्या रोकथाम र मनोसामाजिक सहयोग सम्बन्धमा छलफल गरेका थिए । पिसविनका शिव सार्कीले लैंगिक रुपान्तरण र गिता पनेरुले ओसीएमसीको बारेमा बताएका थिए । शिक्षक टंकप्रसाद जोशीले कार्यक्रम धेरै राम्रो लागेको भन्दै यस्तो कार्यक्रम शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समिति संगपनि गर्नुपर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap