ग्यास बाल्न समेत सिकाएन हाम्रो पाठ्यक्रमले, चन्द्र भण्डारी,


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८० मा प्रकाशित     
ग्यास बाल्न समेत सिकाएन हाम्रो पाठ्यक्रमले, चन्द्र भण्डारी,

जेठ १० काठमाण्डौ  , आज जेठ १०, गते बसेको प्रतिनिधि सभामा बैठकमा बोल्दै भण्डारीले भने, “हामीले ग्यास कसरी बाल्ने, बिजुली कसरी चलाउने, बाटो कसरी काट्ने भन्ने कुरा पाठ्यक्रममै राख्नुपर्दछ।”

ग्यास कम्पनीहरूलाई स्वाचालित रेगुलेटर राख्न अनिवार्य गर्ने कानूनी प्रावधान गर्न पनि भण्डारीले माग गरे। बैठकमा उनले भने, “स्वचालित रेगुलेटर प्रयोग गरेको भए ग्यास लिक भएर ज्यान जाने अवस्था नै नआउने रहेछ।”

गत पुस ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भण्डारीकी आमाको ज्यान गएको थियो। भण्डारी गम्भिर घाइते भएका थिए।

भारतमा उपचार गरेर फर्केका भण्डारीले आफ्नी आमा सहित यो वर्ष १११ को जलनबाट ज्यान गइसकेको बताए। अघिल्लो वर्ष पनि ११० जनाको आगलागीमा परेर मृत्यु भएको थियो।

आगलानीमा परेकाहरूको उपचार गर्न एशियाको सबल अस्पताल नेपालले बनाउनु पर्नेमा सांसद भण्डारीको जोड दिए। ६ महीनापछि सदनमा आफ्नो धारणा राख्दै उनले भने, “भेन्टिलेटरमा पुगेका एकदमै थोरै बिरामी मात्रै फर्केर आउने रहेछ, मलाई उद्दार गरेर यो अवस्थामा पुर्‍याउने सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु।”
https://www.himalkhabar.com/news/135963

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap