दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने


लेखक : सुन्दराञ्चल      जेष्ठ ५, २०८० मा प्रकाशित     
दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने

५ जेठ, । दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने दुर्घटना जाँच आयोगको सुरक्षा सिफारिस १ जनवरी २०२४ बाट कार्यान्वयनमा आउने भएको छ ।

यसअघि यो उमेर सबै भेग र गन्तव्यमा ६५ वर्ष रहेको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले गठन गरेको जाँच आयोगले सानो धावनमार्ग भएका स्टल विमानस्थलमा जहाज उडाउने पाइलटको अधिकतम उमेर सीमा ६० वर्षमा झार्न सिफारिस गरेको थियो । सो सिफारिसको कार्यान्वयन गर्ने समय १ जनवरी २०२४ लाई तोकिएको प्राधिकरणको भनाइ छ ।

अहिले ६० वर्ष भन्दा माथिका पाइलटले आफ्नो मेडिकल रिपोर्ट रहेक ६/६ महिनामा प्राधिकरणमा बुझाउनु पर्छ । ५० देखि ६० वर्षका उमेरका पाइलटले १/१ वर्षमा यस्तो रिपोर्ट बुझाउनु पर्ने प्रावधान छ ।

प्रतिवेदन अनुसार मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजका पाइलटको उमेर ६२ वर्ष थियो । सो जहाजमा को–पाइलट कम अनुभवी भएका कारण सबै कमाण्ड पाइलटले लिएका थिए । सोहीकारण आपतकालीन अवस्थामा उचित निर्णय लिन नसकेको देखिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap