धनगढी जेष्ठ ४, बाजुरा जिल्लामा बुधबार आएको असिना पानीले जिल्लाका बिभिन्न ठाँउमा अर्न बाली नष्ट गरेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको छ भने ,पाकेको गहुँबाली घर भित्र्याउन नपाउँदै असिना पानीले सखाप पारेपछि यति बेला किसान निकै चिन्तित छन् ।
असिना पानीले जिल्लाको बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिका,त्रिवेणी नगरपालिका, लगाएका गहुँबाली नष्ट पारेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । असिना पानीले बुढीगङ्गा, बडिमालिका गौमुल र खप्तड छेडेदह गाउँपालिकामा लगाएका गहुँ तथा वर्षे आलु बालीमा समेत ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।
उनले भने, ‘असिना पीडित किसानले कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरी दिनुपर्ने बताए । विवरण सङ्कलन ढाँचा सबै कृषि शाखाको इमेलमा पठाइएकाले असिनापीडितले सोहीअनुसार तथ्याङ्क सङ्कलन गरी कृषि ज्ञान केन्द्रमा पठाउनुपर्ने उहाँले बताए ।