भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ? डा. तोसिमा कार्की


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८० मा प्रकाशित     
भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ? डा. तोसिमा कार्की

२६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् ।

सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । आफूमाथि समेत प्रश्न उठेको भन्दै उनले आफूले गल्ती नगरेको र नडराउने बताएकी थिइन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ संकेत गर्दै डा. कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गरेकी छन् ।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो, – भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ डा. तोसिमाले प्रश्न गरिन् ।

रास्वपा सांसद तोसिमाले अगाडि भनिन्, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap