पानी पिउनु कति ठीक ?खाना खाँदा


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०८० मा प्रकाशित     
पानी पिउनु कति ठीक ?खाना खाँदा

 वैशाख १३ । ‘खाना खाँदा पानी पिउनु हुँदैन, यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ’ भनेको हामीले धेरै सुनेका छौं । खाना खानुअघि आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्रै पानी पिउँदा राम्रो हुन्छ भनिन्छ । खानासँगै पानी खाइरहँदा खाना राम्ररी पच्न पाउँदैन भनेको पनि उत्तिकै सुनिन्छ ।

तर यसमा कति सत्यता छ त ?

कसैले खानासँग पानी पिउँछन् भने यसले स्वास्थ्यमा कुनै नकारात्मक असर नपोर्न जनरल फिजिसियन डा. सुनिल गिरी बताउँछन् । ‘खाना खाँदा पानी पिउनाले पाचन समस्या, पेट फुल्ने, एसिड रिफ्लेक्स वा अन्य नकारात्मक स्वास्थ्य प्रभाव निम्त्याउन सक्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन,’ उनी भन्छन्, ‘स्वास्थ्यमा कुनै पनि प्रकारको नकारात्मक असर गर्छ भन्ने कुराको पनि अनुसन्धान वा प्रमाण छैन ।’

खाना चपाउन थाल्ने बित्तिकै मुखमा पाचन प्रक्रिया सुरु हुन्छ । चपाउँदा र्‍याल ग्रन्थिलाई र्‍याल उत्पादन सुरु गर्न संकेत गर्छ । इन्जाइमहरू समावेश गर्छ, जसले तपाईंलाई खाना तोड्न मद्दत गर्छ । त्यसरी नै पानीले पनि खानालाई टुक्राएर पाचन प्रक्रियामा सहयोग नै गर्छ । त्यसैले खानासँग पानी पिउँदा पाचन प्रक्रियामा असर गर्छ भन्नु गलत भएको अधिकारी बताउँछन् ।

खाना खाने समयमा वा पछि पानी पिउनाले शरीरलाई खाना पचाउन मद्दत गर्छ । पानी स्वास्थ्यको लागि महत्त्वपूर्ण पनि छ,’ उनी भन्छन् । पानी र अन्य पेय पदार्थले खानालाई तोड्न मद्दत गर्छ । ताकि शरीरले पोषक तत्त्वहरू अवशोषित गर्न सकोस् । पानीले दिसालाई पनि नरम बनाउँछ, जसले कब्जियतबाट बच्न मद्दत गर्ने डा. अधिकारी बताउँछन् ।

खानेकुरासँग पानी तथा तरल पदार्थ पिउनाले पाचनलाई हानि पुर्‍याउने सम्भावना नहुने जनरल फिजिसियन डा. रामहरि चापागाईं बताउँछन् । ‘पानीले पेटलाई भरेर ठोस खानेकुरा कम खाने सम्भावना चाहिं हुन्छ,’ उनी भन्छन् ।

खानासँगै पानी पिउँदा पाचन प्रणालीमा असर गर्छ, अन्य स्वास्थ्य समस्या निम्त्याउँछ भन्नु गलत भएको चापागाईं बताउँछन् ।

तौल बढाउन चाहनेले खानासँग पानी नखानु उचित

खानासँगै पानी पिउनाले भोक नियन्त्रण गर्न, धेरै खानेकुरा रोक्न र तौल घटाउन मद्दत गर्छ । पानी क्यालोरी समावेश गर्ने पदार्थमा नपर्ने जनरल फिजिसियन डा. अधिकारी बताउँछन् । खाना खाँदा अत्यधिक मात्रामा पानी पिउँदा पेट पानीले भरिने भएकाले ठोस खानेकुरा कम खाइन्छ । त्यसैले तौल बढाउन खोजिरहेका, दैनिक कामको लागि बढी ऊर्जा चाहिने व्यक्तिले खानासँग धेरै पानी नपिउनु नै उचित हुने अधिकारी सुझाउँछन् ।

उनी भन्छन्, ‘पानीलाई शरीरले छिट्टै अवशोषित गर्ने भएकाले खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि पानी पिउनु राम्रो हुन्छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap