आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’ , धनगढीमा रक्तदान कार्यक्रमको आयोजना


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
आज ‘अन्तर्राष्ट्रिय युवा दिवस’ , धनगढीमा रक्तदान कार्यक्रमको आयोजना

अत्तरिया – आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ। ‘खाद्य प्रणालीमा रूपान्तरण मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।

देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरूपमा दिवस मनाउन थालिएको बताए। परिषद्ले दिवसकै अवसरमा गत सातादेखि नै युवासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ।

यता दिवसकै अवसरमा पारेर धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा क्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन्।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो।

सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो। सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ। नेपालमा कूल जनसङ्ख्याको ४० दशमलव ३ प्रतिशत युवा रहेका छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap