सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट खेल नहुने संभावना


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८० मा प्रकाशित     
सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट खेल नहुने संभावना

 वैशाख,११। बिहानैदेखिको सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल  साउदी अरबबीचको खेल नहुने संभावना बढेको छ ।

खेल हुनु पर्ने मूलपानी क्रिकेट मैदानमा सिमसिमे झरी परेकाले खेल नहुने संभावना बढेको हो ।

बिहान ९ बजे सुरु हुने पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सकेको थिएन । त्यसपछि ग्राउण्ड स्टाफहरूले मैदान सुकाउने प्रयास गरे पनि पानी पर्न थालेको थियो ।

त्यसपछि मैदान फेरि कभरले ढाकिएको छ । र अहिले पनि सिमसिमे वर्षा भइरहेको छ ।

५० ओभरको एक दिवसीय खेल वर्षाका कारण ढिलो सुरु भएमा पनि एक इनिङसमा कम्तिमा पनि २० ओभर हुनै पर्छ । जस अनुसार दिउँसो सवा २ बजेसम्ममा खेल सुरु हुन नसकेमा यो खेल रद्ध हुने छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap