सोमबारदेखि बेपत्ता भएका एक भारतीय पर्वतारोही पनि जीवितै फेला


लेखक : सुन्दराञ्चल      बैशाख ७, २०८० मा प्रकाशित     
सोमबारदेखि बेपत्ता भएका  एक भारतीय पर्वतारोही पनि जीवितै फेला

७ वैशाख,  । अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।

यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।

अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap