नेविसंघ धनगढी द्वारा सेतिप्रादेशिक अस्पतालका विरामिहरुलाई फलफुल वितरण


लेखक : सुन्दराञ्चल      बैशाख १, २०८० मा प्रकाशित     
नेविसंघ धनगढी द्वारा सेतिप्रादेशिक अस्पतालका विरामिहरुलाई फलफुल  वितरण

नेपाल विधार्थी संघ धनगढी उपमहानगरपालिका द्वारा सेति प्रादेशिक अस्पतालमा रहेका विरामिहरुलाई फलफुल तथा पानी वितरण गरिएको छ । नेवि संघ नगर कमिटीले नयाँ वर्षको अवसरमा अस्पतालमा रहेका विरामिहरुलाई फलफूल पानि वितरण गरेर विरामि संग नया बर्ष मनाएको नगर नगर कमिटी अध्यक्ष दिपेश बोहराले बताए । विहानै नेवि संघका नगर कमिटी पदाधिकारी सहित नेपाली काग्रेस कैलाली का सभापति नारायण दत्त भट्ट , नगर सभापति यज्ञराज उपाध्याय , नेविसंघ जिल्ला अध्यक्ष मनिष कुवंर , नेविसंघ पुर्व केन्द्रिय सदस्य सुमन केसि लगायत नेविसंघ थप्रै नेताहरु फलफुल वितरणकार्यक्रममा सहभागि भएका थिए । नयाँ वर्षमा घर जान् नपाएर अस्पतालमै रहेका बिरामीहरु
संग नेबिसंघ अस्पतालमै पुगेर भेट्दा विरामि र उनका आफन्त खुसी भएका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap