नेपाल र भारत एकै समूहमा काभा वुमन्स भलिबल च्यालेन्ज कपमा


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०७९ मा प्रकाशित     
नेपाल र भारत एकै समूहमा काभा वुमन्स भलिबल च्यालेन्ज कपमा

२९ चैत,  आगामी जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एकै समूहमा परेका छन् ।

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्दैछ । जसमा सेन्ट्रल एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार भएको ड्र अनुसार घरेलु टोली नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान समूह ए मा छन् । यस्तै समूह बी मा उज्वेकिस्तान, श्रीलंका, कजाखस्तान र माल्दिभ्स छन् ।

२०१९ मा नेपालमै भएको १३औं सागपछि नेपाल र भारतबीच महिला भलिबलमा भेट हुने भएको थियो । त्यसबेला काठमाडौंमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ सेटमा पराजित भएको थियो ।

च्यालेन्ज कपका लागि हाल नेपाली महिला भलिबल टोली प्रशिक्षणमा छ । बेल्जियन जान डी ब्रान्टले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् यसअघि सेन्ट्रल एसियाको दोस्रो लेभलको टिमहरू सहभागी एभिसी वुमन्स सेन्ट्रल जोनमा नेपालले लगातर दुई पटक उपाधि जितिसकेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap