बाजुराको बाउली खोलादेखी भौनेरासम्मको सडक कालोपत्रे गर्ने काम सुरु,


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०७९ मा प्रकाशित     
बाजुराको बाउली खोलादेखी भौनेरासम्मको सडक कालोपत्रे गर्ने काम सुरु,

महादेव गिरी संवाददाता

धनगढी चैत्र २८, बाजुराको साँफे.मार्तडी सडक जोडीएको मार्तडी .बाउली खोलादेखी भौनेरासम्मको सडक कालोपत्रे गर्ने सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा रहेको साँफे मार्तडी जोड्ने बाउली खोलादेखी भौनेरा सम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्ने प्रदेश सरकारको आयोजनामा सुरु भएको हो ।

मार्तडीदेखि घटमुनासम्मको साढे १३ किलोमिटर सडक मध्ये पहिलो चरणमा मार्तडीदेखि भौनेरा सम्म साढे ६ किलोमिटर सडक कालोपत्रेको काम सूरु गरिएको सुदूरपश्चिम प्रदेश पुर्वाधार विकास कार्यालय अछामले जानकारी दिए ।

मार्तडी देखि भौनेरा सम्मको साढे ६ किलोमिटर सडक निर्माणको जिम्मा पाएको धुलिखेल ग्याल्वा स्याम एण्ड शंकर जेविले बैशाख मसान्तसम्म सडक निर्माण गर्ने कालोपत्रेको काम अगाडी बढाएको ठेकेदार दिपेन्द्र शाहीले बताएका छन सोही साँफे, मार्तडी जोडर्ने सडक
२०७३ सालमा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म ट्रयाक खुलेको भए पनि सो सडक निर्माणमा सरकारवालाले चासो नदिएको स्थानिए बासी बताउन्छन् ।

पुर्वाधार विकास कार्यालय अछाम अनुसार यो सडक १५ करोड ८३ लाखमा धुलिखेल ग्याल्वा स्याम एण्ड शंकर जेविसंग ४ वर्ष भित्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap