कारागारमा स्वच्छ पानी , शौचालयको व्यस्था गर्ने नेविसंघको माग


लेखक : सुन्दराञ्चल      चैत्र २७, २०७९ मा प्रकाशित     
कारागारमा स्वच्छ पानी , शौचालयको व्यस्था गर्ने नेविसंघको माग

कैलाली जिल्ला कारागारमा रहेका कैदि बन्दीहरुले गुणस्तरीय शौचालय , स्वच्छ खानेपानीको समस्या भोग्नु परेको छ । कैदि बन्दीहरुलाई खानेपनी र शौचालय सफा नहुँदा समय समयमा विभिन्न किसिमका रोगको संक्रमण हुनेगरेको उनीहरुले बताएकाछन् । शौचालय समेत आवश्यकताअनुसार पर्याप्त छैन । शौचालय जाँदा ,धारामा नुहाउन जाँदा लामो समय सम्म पालो कुर्नु पर्ने समस्या समेत रहदै आएको छ । सुदुरपस्चिमाञ्चल क्याम्पसको स्ववियु निर्वाचनको विषयमा केहि विवाद हुँदा प्रहरीले नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिस कँुवरलाईउनलाई नियन्त्रणमालिई कैलाली कारागारमा राखेको थियो । आफु कारागारमा केहि दिन बस्दा मात्रै खानेपानी र शौचालयको समस्या झेल्नु परेको र अन्य वषौ कारागारमा रहेका बन्दी हरुलाई कति समस्या होला । आफु कारागार बस्दा समस्या समाधान आज सम्म कसैले नगरेको कैदि बन्दीहरुले गुनासो गरेको नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिस कुँवरले बताए । प्रदेश सरकार ,स्थानीय सरकार नजिकै भएपनि कैदी बन्दिका साना समस्या समेत सरकारले सुनुवाई नगरेको उनले गुनासो गरे । कैदमा भएपनि उनीहरुले स्वच्छ खाना ,पानी बास सरसफाई पाउनु उनीहरुको अधिकार हो उनले भने , त्यसैले प्रदेस सरकार जिल्ला प्रहरी कार्यालय ,लगाएत सरोकार वाला निकायको गम्भिर ध्यानार्कषण गराउन चाहान्छु , यथा सक्य चाँडो माग पुरा गर्न समेत मागर्दछौ । कैदीहरुको माग सम्बोधन गर्ने भन्दै अध्यक्ष कँुवरले कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएकाछन् ।ज्ञापन पत्रमा कैदीहरुलाइ आवश्यकताअनुसार शौचालयको व्यवस्था , स्वच्छ शौचालय , स्वच्छ खानेपानीको व्यव्स्था यथा सक्य चाँडो गरिनु पर्ने माग छन् ।No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap