रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा आगलागी,


लेखक : सुन्दराञ्चल      चैत्र २६, २०७९ मा प्रकाशित     
रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा  आगलागी,

 २६ चैत्र  रौतहटको माधव नारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरमा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले हालसम्म ४ वटा घरमा क्षति पुगेको र आगलागी नियन्त्रण गर्ने प्रयास जारी रहेको जानकारी दिएका हुन् ।

यता आगलागीमा परेर घर, चौपाया अन्न, लताकपडा जलेर नष्ट भएको स्थानीय समाजसवी पारस भण्डारीले बताए । यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ । हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । पश्चिमबाट तीव्ररुपमा चलेको हावाको कारण आगलागी नियन्त्रण कठिनाई भइरहेको बताएको छ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap