चैत महिनाको जाडो कहिलेसम्म ?


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०७९ मा प्रकाशित     
चैत महिनाको जाडो कहिलेसम्म ?

चैत १९ केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ ।

तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् । ‘हिजोको भन्दा आज सुधारात्मक छ । आजभन्दा भोलि सुधार हुन्छ,’ मानन्धरले भनिन्, ‘पानी पर्ने क्रम पनि कम हुने र न्यानो पनि हुँदै जान्छ ।’अर्का मौसमविद विनोद पोख्रेलले पनि केही दिनयता देशभर भएको वर्षा आजदेखि कम हुँदै जाने बताए ।

जलवाष्पसहितको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनयता पानी परेको छ । बिहीबार भने काठमाडौं उपत्यका आसपासका अग्ला डाँडामा हिउँ नै पर्‍यो ।नेपालको आकाशको उपल्लो तहमा पश्चिमी वायु जहिले पनि बहिरहेको हुन्छ । यसमा जलवाष्प बढी भयो भने पानी पर्छ ।

वर्षायामको बेला पश्चिमी वायुलाई पूर्वी वायुले प्रतिस्थापन गर्छ । वर्षायाम सकिएपछि पुनः पश्चिमी वायुले प्रभाव जमाउँछ । अहिले मनसुनपूर्वको समय भएकाले क्रमशः पूर्वी वायुले प्रभाव बढाउँदै जाने समय हो । तर पश्चिमी वायुको प्रभाव अहिले पनि कायमै छ ।

क्यारेबियन समुद्र हुँदै हिमाल माथिबाट नेपाल प्रवेश गर्ने हिउँ पार्ने प्रणाली अहिलेसम्म पनि उपल्लो तहमा कायमै रहेकाले पनि हिउँ पर्ने, वर्षा हुने र चिसो महसुस हुने गरेको मौसमविद् बताउँछन् ।

अत्यधिक जाडो हुने मंसिर, पुस र माघ महिनामा नपरेको हिउँ चैतमा पर्नु र मनसुन पूर्वको समयमा पनि लामो समयसम्म पानी पर्नुलाई मौसमविद्हरू वातावरण असन्तुलनको असर हुनसक्ने अनुमान गर्छन् ।

मौसमविद् पोख्रेल चैतमा चिसो महसुस हुनुलाई असामान्य मान्न नसकिए पनि हिउँ नै पर्नु र लामो समयसम्म वर्षा हुनु अध्ययनको विषय हुनसक्ने बताउँछन् । ‘यस्तो हुँदै हुँदैन भन्न त सकिँदैन तर यो अध्ययनको विषय हो,’ उनले भने । उनले आजदेखि पानी पर्न कम हुँदै जाने र चिसो पनि हट्दै जाने बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज देशका थोरै स्थानमा मात्र मेघगर्जन, चट्याङ्ग, हावा हुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य प्रदेशमा मौसम सफा हुने महाशाखाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap