१० पटक भूकम्प, सबैभन्दा बढी बाजुरामा, कात्तिकयता सुदूरपश्चिममा


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७९ मा प्रकाशित     
१० पटक भूकम्प, सबैभन्दा बढी  बाजुरामा, कात्तिकयता सुदूरपश्चिममा

१६ चैत,  । गत कात्तिक २२ गते राति डोटी जिल्लाको खप्तड क्षेत्र आसपास केन्द्रबिन्दु वनाएर भूकम्प गयो । ६.६ म्याग्निच्युडको उक्त भूकम्पमा परी डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका थिए । पाँच जना गम्भिर घाइते भएका थिए भने भूकम्पमा परि ८ घर भत्किए । सयौं घर बस्नै नमिल्ने गरि चर्किए ।

त्यसयता सुदूरपश्चिममा चार म्याग्निच्युडभन्दा माथिका भूकम्प १० पटक गइसकेका छन् । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार कात्तिक २२ गते खप्तड बाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएको थियो । गत आइतबार राति १० बजेर २७ मिनेटमा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राबिधिक सहायक राजेश शर्माले जानकारी दिए । उनले भने, ‘देशका अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा धेरै भूकम्प गइरहेको छ, यस कारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको देखिन्छ ।’

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार कात्तिक २२ पछि कात्तिक बाजुरा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । कात्तिक २९ गते बझाङ केन्द्रबिन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्राविधिक सहायक शर्माले उपलव्ध गराएको विवरण अनुसार पुस ९ गते अछाम केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ८ मा दार्चुला केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गयो ।

माघ १२ बाजुराको हिमाली गाउँपालिका क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको ५.१ म्याग्निच्युडको भूकम्पमा परि बाजुरा गौमुल गाउँपालिकाका एक जनाको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । माघ २७ फेरि बाजुरा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २१ गते बाजुरा नै केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, फागुन २९ अछाम केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको र गत सोमवार ४.३ म्याग्निच्युडको भूकम्प बाजुरा केन्द्रबिन्दु बनाएर गएको छ ।

भूकम्प मापन केन्द्रको विवरण हेर्दा यस अवधिमा सबैभन्दा बढी बाजुरा केन्द्रबिन्दु भएर पाँच पटक भूकम्प गएको छ । सुदूरपश्चिमसँगै जोडिएको कर्णाली प्रदेशलाई केन्द्रबिन्दु भएर चार पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा छ । चार रेक्टरस्केल भन्दा कमका एक हजारभन्दा धेरै पटक परकम्पन गएको केन्द्रले जनाएको छ ।

बिभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरु चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरु कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बसिरहेका छन् ।

भूगर्भविदहरुका अनुसार पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको छ । उनीहरुका अनुसार तर डोटी र बाजुरामा गएका भूकम्प, सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त भने छैनन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्पको ठूलो जोखिम छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap