चैत १२ सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छन् ।
नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफल जारी छ । प्रतिनिधिसभा नियमावली लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइन्छ ।
प्रतिनिधि सभा नियमावलीमा संशोधन प्रस्ताव राख्दै सत्तारुढ दलका सांसदहरुले प्रतिनिधि सभाको बैठक राख्ने र एजेण्डा तय गर्ने लगायतका विषयमा सभामुखको एकल अधिकार नरहने व्यवस्थाको वकालत गरेका छन् ।
सदनमा सत्तारुढ दलहरुको बहुमत भएकाले प्रस्तावित नियमावलीको संशोधन प्रस्ताव पारित हुन सक्ने भएकाले सभामुख घिमिरेले त्यस खालको वातावरण बन्न नदिन पहल लिएको नेताहरु बताउँछन् ।
छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भएका छन् ।