त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति


लेखक : सुन्दराञ्चल      चैत्र ९, २०७९ मा प्रकाशित     
त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति

९ चैत्र  त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।

परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । १२ चैत २०७९ बाट चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ ।

भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्यनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।  तत्काल विद्यार्थीलाई दुःख दिने मनसायकासाथ गरिएको परीक्षा केन्द्र टाढा सार्ने निर्णय नसच्याए संघर्ष गर्न बाध्य हुने उनीहरूको चेतावनी छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap