वैदेशिक रोजगार विभागका पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७९ मा प्रकाशित     
वैदेशिक रोजगार विभागका  पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

८ चैत्र  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्ने बहानामा सेवाग्राहीसँग ३० हजार घुस लिएको पाइएकाले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।

पाण्डेलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap