शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड,


लेखक : सुन्दराञ्चल      चैत्र ५, २०७९ मा प्रकाशित     
शतप्रतिशत सांसदको मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड,

५ चैत, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

त्यसबेला विश्वासको मत दिएका र सरकारमा सहभागीसमेत भएका नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको छ । दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।

सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकमा पुन: विश्वासको मत लिन लागेका हुन् । तर, प्रचण्डले विगतमा भन्दा पनि धेरै अर्थात्, शतप्रतिशत विश्वासको मत पाउने आश रहेको बताएका हुन् ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap