सिजन २ आजबाट सुरु, प्रमोद खरेल भन्छन्( बच्चाहरु अझ खुलेका छन्,


लेखक : सुन्दराञ्चल      फाल्गुन २६, २०७९ मा प्रकाशित     
सिजन २ आजबाट सुरु, प्रमोद खरेल भन्छन्( बच्चाहरु अझ खुलेका छन्,

फागुन २६  टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’को प्रसारण आज (शुक्रबार) बेलुकादेखि हुँदैछ । हिमालय टेलिभिजनमा बेलुका ८ बजेदेखि दर्शकले भ्वाइस अफ नेपालको बाल संस्करण हेर्न पाउनेछन् । पूर्वसन्ध्यामा पहिलो साताको एपिसोड प्रिमियर पनि गरियो, जहाँ दर्शकले यसलाई मीठो प्रतिक्रिया दिए ।

गायक प्रमोद खरेल भ्वाइस किड्स र भ्वाइस अफ नेपाल दुवै शोका कोच रहँदै आएका छन् । किड्सको दोस्रो सिजनमा पनि खरेल चारमध्येका एक कोच हुन् । दोस्रो सिजनको संरचना, बाल मनोविज्ञान र किड कोचिङमा कस्ता भिन्नता हुन्छन् भन्नेबारेमा खरेलले अनलाइनखबरसँग संक्षिप्त कुरा गरेका छन् ।

दोस्रो सिजन अघिल्लोभन्दा कुन अर्थमा भिन्न छ ? 

दोस्रो सिजनमा ट्यालेन्टसँगको कुराकानी, ह्युमर फ्याक्टर, निर्देशकीय क्षमतासहित अरु सकारात्मक र रमाइला पार्ट बढी हुनेछन् । दर्शकले बच्चाको क्षमतासँग अझै बढी रमाइलो गर्नुहुन्छ होला । अझै बढी खुलेका छन् बच्चाहरु । हेर्दाखेरि रमाइलो लाग्छ । एकदमै ट्यालेन्ट बच्चाहरु तयारी गरेर प्रतिस्पर्धामा आएका छन् ।

भ्वाइस अफ नेपाल र किड्स शोको कोचिङमा कस्तो भिन्नता पाउनुभयो ?

अवश्य पनि फरक हुन्छन् । ठूलाहरु स्वभाविक रुपमा परिपक्व हुन्छन् । बच्चाको आनीबानी र मनोवैज्ञानिक पक्षलाई समेत ख्याल गर्नुपर्छ । सानो-सानो कुराले बच्चालाई हर्ट हुन्छ । सानो कुराले बच्चालाई मोटिभेसन हुन्छ । संगीत मात्र होइन बच्चालाई अरु धेरै कुरा सिकाउन सकिन्छ । जति सानो भयो, त्यति सिकाउन सजिलो हुन्छ । छिटो पनि हुन्छ र उनीहरुले सजिलै सिक्छन् पनि । उनीहरुसँग सीमित समय हुन्छ । ठूलोहरुले मज्जाले टाइम लिन्छन् । तर बच्चाले लामो समय गर्छु भनेर सक्दैनन् । अभिभावकले लिएर आउनुपर्छ र टेक केयरको कुरा हुन्छ ।

रियालिटी शोले बच्चाको सांगीतिक विकासमा कसरी मद्दत गरेका छन् ?

रियालिटी शोहरु बच्चालाई प्रतिभा प्रस्तुत गर्न अवसर दिने प्लेटफर्म हुन् । चाहेर पनि कला देखाउन नपाएकालाई देखाउन दिने ठाउँ हो यो । हामीले प्लेटफर्म दिने हो जहाँ हरेक ट्यालेन्टले क्षमता देखाउन सकुन् ।

भ्वाइस अफ नेपाल र भ्वाइस किड्सको संरचनामा केही भिन्नता हुन्छ कि ?

सबै कुरा भ्वाइसकै संरचनामा हुन्छ । किड्समा एक-दुईवटा राउण्ड कम हुन्छन् । ठूलोको एपिसोड लामो हुन्छ भने बच्चाको एपिसोड छोटो हुन्छ । बच्चाको पढाइ र हेरचाहको कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap