उप निर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवा,


लेखक : सुन्दराञ्चल      फाल्गुन १५, २०७९ मा प्रकाशित     
उप निर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवा,

फागुन १५   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उप निर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् ।

नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-२ मा उपनिर्वाचन हुनेछ ।

आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भने, ‘तनहुँ २ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’

पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताए ।

पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेर पार्टीभित्र र बाहिर सकरात्मक सन्देश प्रवाह भएको सभापतिलाई सुनाएको भट्टराईले बताए । सभापतिसँग भेटका लागि समय मागेर गएको उनले सुनाए ।

तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस भएका थियो । पौडेल नै उम्मेदवार हुने भएपछि उनले टिकट पाउन सकेनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap