पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित


लेखक : सुन्दराञ्चल      फाल्गुन ४, २०७९ मा प्रकाशित     
पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित

४ फागुन   । पाकिस्तानले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आयरल्याण्डलाई ७० रनले हराएको हो । केपटाउनमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६ ओभर ३ बलमा अलआउट हुदै ९५ रन मात्र बनायो । आयरल्याण्डका लागि ओर्ला प्रिन्डिउरगास्टले ३१ रन बनाए । त्यस्तै इमियर रचिर्डसनले २८ रन बनाउँदै गाबाई लुईसले १० रनको योगदान गरे ।

पाकिस्तानका लागि नशरा सन्धुले चार विकेट लिइन् । सादिया ईकवाल र निदा डारले समान दुई-दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनायो ।

पाकिस्तानका लागि मुनिवा अलिले शतकीय पारी खेलिन् । ६८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाइन् । त्यस्तै निदा डारले ३३ रन बनाइन् । आयरल्याण्डका लागि अर्निली किलेले दुई विकेट लिइन् । त्यस्तै लिएहा पल र लौरा डिलेनेले समान एक÷एक विकेट लिइन् ।

जितसँगै पाकिस्तान २ खेलमा २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित आयरल्याण्ड २ खेलमा अङ्क विहीन तालिकाको पुछारमा छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap