नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग


लेखक : सुन्दराञ्चल      फाल्गुन ३, २०७९ मा प्रकाशित     
नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग

काठमाडौं ३ फागुन,  । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् ।

विशेष समायमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरे । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए । ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन् ? कसले प्रोत्साहित गरेको छ ?’ उनले भने, ‘मजदुरको जायज माग सम्बोधन गर्नुपर्छ ।’ मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको छ कि भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बसपार्क क्षेत्रको घटना सुनियोजित र प्रायोजित भएको जिकीर गरे । पीडितसँग सरकारले अहिलेसम्म छलफल पनि नगरेको बरु उल्टै पक्राउ गरेको सुन्नमा आएको उनले बताए । उनले घटनाका दोषीलाई कारबाहीको माग गरे ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap